पोखरा। प्रथम गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल उपाधिको लागि बागलुङ र स्याङजा भिड्ने भएका छन् । गण्डकी प्रदेश भलिबल संघको आयोजनामा प्रतियोगिताको शनिबार सेमिफाइनलमा बागलुङले कास्की र स्याङ्जाले नवलपुरलाई जित्दै उपाधि नजिक पुगेका हुन् ।
पहिलो सेमिफाइनलमा ३–१ सेटमा कास्कीलाई पराजित गर्दै बागलुङले फाइनल यात्रा तय गरेको हो । कास्कीले पहिलो सेट २५–१६ ले जितेर आफ्नो पक्षमा पार्न सफल भए पनि लगातार ३ सेट बागलुङलाई सुम्पिन पुगेको थियो । बागलुङले दोस्रो, तेस्रो र चौंथो सेट २५–२०, २६–२४ र २५–२० ले लगातार जित्दै फाइनलको यात्रा तय गरेको हो ।
दोस्रो सेमिफाइनलमा स्याङ्जाले नवलपुरलाई ३–२ सेटमा हराएको हो । स्याङ्जाले २५–२२, २५–२० र २५–२०, २५–१७ र १५–७ अंकले जित्दै फाइनलमा बागलुङसँगको भेट पक्का गरेको हो ।
पोखरा रंगशालामा शनिबार दिउँसो २ बजे फाइनल हुने संघका महासचिव तहलसिंह थापामगरले बताए । त्यसअघि तेस्रो स्थानका लागि नवलपुर र कास्कीबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको उपाधि विजेताले २ लाख, उपविजेताले १ लाख र तृतीयले ५० हजार तथा चौंथोले २५ हजारसाथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीलाई २० हजार साथमा ट्रफी र मेडल प्रदान गरिनेछ । उत्कष्ट पाँच विधाअन्तर्गत सेटर, लिब्रो, सर्भर, ब्लकर, स्पाइकर र कोचलाई जनही १० हजार प्रदान गरिने आयोजकले जनायो ।
Related News
सम्बन्धित समाचार
रेबान भेट्रान्स कपमा नवीनलाई उपाधि, डबल्सतर्फ अनुज र नवीन विजयी
रेबान कप टेनिस फाइनल आज
रेवान कप टेनिस सुरु
नेपालद्वारा एकदिवसीय मान्यता सुरक्षित
अन्नपूर्ण १० लाई अध्यक्ष कप
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९