पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा १९ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता हुने भएको छ । माछापुच्छ्रे बैंक मुख्य प्रायोजनमा पुस ११ देखि १५ सम्म पोखरा रंगशालाको टेनिस कोर्टमा सो प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
यो प्रतियोगितामा अहिलेसम्मकै ठूलो संख्यामा खेलाडीको सहभागिता रहने कास्की टेनिस संघ उपाध्यक्ष नवीन चालिसे पत्रकार सम्मेलनमा जनाए । भारत, बेलायत र भुटानबाट समेत सहभागी आउने उनले बताए । सहभागीमध्ये ५७ जना पोखराका छन् भने ९३ जना पोखराबाहिरबाट छन् ।
प्रतियोगितामा पुरस्कार राशीमा ७ लाख ४० हजार खर्च हुने आयोजकले जनाएको छ
प्रतियोगिताअन्तर्गत मेन्स तथा वुमन्सका सिंगल्स र डबल्स तथा ३५, ४५, ५५, ६५ वर्ष माथि गरी विभिन्न उमेर समूहमा १२ इभेन्टमा प्रतिस्पर्धा हुनेछ ।
ओपन मेन्स तथा वुमन्स सिंगल्सतर्फका विजेताले जनही ८० हजार र उपविजेताले ४० हजार, डबल्सतर्फ विजेताले ३० हजार र उपविजेताले १५ हजार साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।
३५ वर्षमाथि भेट्रान्स सिंगल्सतर्फको विजेताले ६० हजार, उपविजेताले ३० हजार, सेमिफाइनालिस्टले १० हजारसहित पदक प्राप्त गर्ने छन् ।
डबल्सतर्फ विजेताले २० हजार, उपविजेताले १० हजारसहित ट्रफीसँगै सेमिफाइनालिस्टले १० हजार साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । ४५ वर्षभन्दा माथिको सिंगल्स विजेताले ४० हजार, उपविजेताले २० हजार र सेमिमफाइनालिस्टले १० हजार साथमा ट्रफी मेडल र प्रमाणपत्र पाउने छन् । सोही स्पर्धाको डबल्सतर्फ विजेताले २० हजार, उपविजेताले १० हजार तथा सेमिफाइनालिस्टले १० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
५५ वर्षमाथिको सिंगल्सतर्फ विजेताले ३० हजार, उपविजेताले १५ हजार, सेमिफाइनालिष्टले जनही १० हजार पाउने छन् भने डबल्सतर्फ २० हजार, उपविजेताले नगद १० हजार र सेमीफाइनालिष्टले जनही नगद १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा ६५ वर्ष माथिको सिंगल्सतर्फ विजेताले १५ हजार, उपविजेताले ७ हजार ५ सय तथा सेमिफाइनालिस्टले जनही २ हजार ५ सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
प्रतियोगिताको लागि करिब १६ लाख ५० हजार खर्च हुने कास्की टेनिस संघका कोषाध्यक्ष अनुज बास्तोलाले बताए । प्रतियोगितामा पुरस्कार राशीमा ७ लाख ४० हजार खर्च हुने उनको भनाइ छ । माछापुच्छ«े बैंकले मुख्य प्रायोजन वापत ५ लाख उपलव्ध गराउने भएको छ ।
कास्की टेनिसका संस्थापक अध्यक्ष तथा नेपाल टेनिस संघका केन्द्रीय उपाध्यक्ष विनोद कायस्थले माछापुच्छ्रे टेनिसले पोखराको टेनिस खेलको विकासमा अहम भूमिका खेलेको बताए ।
Related News
सम्बन्धित समाचार
रेबान भेट्रान्स कपमा नवीनलाई उपाधि, डबल्सतर्फ अनुज र नवीन विजयी
रेबान कप टेनिस फाइनल आज
रेवान कप टेनिस सुरु
नेपालद्वारा एकदिवसीय मान्यता सुरक्षित
अन्नपूर्ण १० लाई अध्यक्ष कप
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९