हेमजा । माछापुच्छ्रे गाउँपालिकामा चौंथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आइतबारदेखि सुरु भएको छ । प्रतियोगिता उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले प्रतियोगिताको इतिहासमा माछापुच्छ्रे गाउँपालिकाले यस अघिका खेलमा जिल्लास्तरीय उपाधि जितेको स्मरण गरे । साथै उनले खेलक्षेत्रमा गुणात्मक प्रगतिका लागि गाउँपालिकाले अझै रचनात्मक कार्यक्रमलाई अगाडि बढाउने विश्वास समेत व्यक्त गरे ।
गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले खेल क्षेत्रको विकासमा आफूहरु निरन्तर लागि परेको स्पष्ट पार्दै पालिकाभित्रका खेलाडीको प्रतिभा विकासका लागि गाउँपालिकाले आवश्यक रकम विनियोजन गरिरहेको दाबी गरे ।
उपाध्यक्ष सीता अधिकारीले सहभागी खेलाडीलाई मर्यादित, अनुशासित तथा लगनशील भएर प्रतिभा प्रस्तुत गर्न आग्रह गरिन् । प्रमुख प्रशासकीय अधिकृत वेदहरि अधिकारीले स्वास्थ्यका लागि खेलकुदको महत्वपूर्ण भूमिका रहने औंल्याए ।
तीन दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा पालिकाभित्रका ११ विद्यालयको सहभागिता छ । जसअन्तर्गत छात्रछात्रा भलिबल, कबड्डी, सटपुट, दौड, लंगजम्प, हाइजम्प र त्रिपलजम्प, ज्याभलिङ थ्रो लगायत खेलहरु सञ्चालन हुने प्रतियोगिता व्यवस्थापन मूल समितिका सदस्य राम पुनले बताए ।
आइतबार भएको मार्च पासमा शारदा मावि प्रथम, माछापुच्छ्रे मावि द्वितीय, निष्पक्ष मावि तृतीय भएका छन् । । त्यस्तै पुरुष १ हजार ५ सय मिटर दौडमा महेन्द्र मावि लाहाचोकका तेजप्रसाद ढकाल प्रथम, गौरीशंकर मनिलाल माविका विमल राना द्वितीय तथा निष्पक्ष माविका अमीत भण्डारी तृतीय भए ।
त्यस्तै महिला १ हजार ५ सय मिटर दौडमा उदय माविकी करुणा कुमाई प्रथम, महेन्द्र माविकी एलिसा परियार द्वितीय र निष्पक्ष माविकी सोनिया विक तृतीय भए ।
छात्र सटफुटतर्फ माछापुच्छ्रे माविका रोजिता विक प्रथम, निष्पक्ष माविका अमीत भण्डारी द्वितीय र शिव विक तृतीय भए । छात्रातर्फ वराह माविकी सुनिता विक पहिलो, गौरीशंकर मनिलाल माविकी दुर्गा नेपाली दोस्रो तथा निष्पक्ष माविकी कोपिला गुरुङ तेस्रो भए ।
यो सँगै आइतबार माछापुच्छे« मावि र महेन्द्र माविले समान १÷१ स्वर्ण र रजत, निष्पक्ष माविले १ रजत र ३ कास्य, वराह माविले १ स्वर्ण १ कास्य, उदय माविले १ स्वर्ण साथै गौरीशंकर मनिलाल माविले २ रजत हात पारेका छन् ।
Related News
सम्बन्धित समाचार
रेबान भेट्रान्स कपमा नवीनलाई उपाधि, डबल्सतर्फ अनुज र नवीन विजयी
रेबान कप टेनिस फाइनल आज
रेवान कप टेनिस सुरु
नेपालद्वारा एकदिवसीय मान्यता सुरक्षित
अन्नपूर्ण १० लाई अध्यक्ष कप
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९