कास्की आदर्श समाज स्पेनद्वारा अक्षयकोष स्थापना

आदर्श समाज सम्वाददाता
कार्तिक २७, २०७९
asarsha samaj spain

पोखरा । माछापुच्छ्रे गाउँपालिका ६ स्थित बराह माध्यमिक विद्यालयमा कास्की आदर्श समाज स्पेनले अक्षयकोष गरेको छ । संस्थाले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने उद्देश्यका साथ विद्यालयमा १ लाखको अक्षयकोष स्थापना गरेको हो ।

सन् २०१५ सालमा स्पेनमा रहेका कस्केलीद्वारा स्थापना भएको यस संस्थाले बाढी पहिरो, भूकम्पलगायत विपत् परेका व्यक्ति अनाथ, वृद्ध, गरिब तथा जेहेनदार, शारीरिकरुपमा फरक क्षमता भएका व्यक्तिका लागि सहयोगहरु गर्दै आइरहेको संस्थाका महासचिव मोहनराज गौतमले बताए ।

वराह माविका प्रअ मीनराज अधिकारीको अध्यक्षता तथा विव्यस अध्यक्ष तथा माछापुच्छ्रे ६ धितालका वडाध्यक्ष टेकनाथ गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कास्की आदर्श समाज स्पेनका महासचिव मोहनराज गौतम, सल्लाहकार एकराज भण्डारी र पूर्व सचिव गणेशराज अधिकारी तथा विव्यस सदस्य दुर्गाप्रसाद अधिकारी, शिक्षक अभिभावक संघ सदस्यहरू लगायत सहभागी थिए ।

कास्की आदर्श समाज कास्कीका महासचिव मोहनराज गौतम, सल्लाहकार एकराज भण्डारी र पूर्व सचिव गणेशराज अधिकारीले संयुक्त रुपमा कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीलाई २५ हजार रुपैयाँ बराबरको स्टेसनरी सामग्रीहरु समेत वितरण गरेका थिए ।

कार्यक्रममा वडाध्यक्ष टेकनाथ गौतमले स्पेनमा रहेका कास्की आदर्श समाज स्पेनका सम्पूर्ण सदस्यलाई हार्दिक धन्यवाद ज्ञापन गरे । कार्यक्रम सञ्चालन विद्यालयका शिक्षक कृष्णप्रसाद चापागाईंले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width