सुशासनका लागि भोट माग्दै भुजेल

आदर्श समाज सम्वाददाता
कार्तिक २५, २०७९
Krishna Bhujel (2)

पोखरा । गण्डकी प्रदेशसभा सदस्यका लागि कास्की क्षेत्र नम्बर २ (ख) बाट प्रत्यक्ष तर्फ उम्मेदवारी दिएका नेपाल सुशासन पार्टी कास्कीका अध्यक्ष कृष्ण भुजेलले देशमा विद्यमान भ्रष्टाचार र वेथितिको अन्त्य गर्दै सुशासनका लागि आफू चुनावी मैदानमा होमिएका बताएका छन् ।
custom nfl jersey
cheap jerseys
custom nfl jerseys
nfl shop coupon
best nfl jerseys of all time
best nfl uniforms
New England Patriots
nfl gear
nfl jersey sales
nfl apparel
dallas cowboys football
custom jersey
nfl shop.com
nfl jerseys
nfl jerseys for sale
nfl patriots
nfl san francisco 49ers
free shipping nfl shop
custom jersey
dallas cowboys football
nfl football
custom jerseys
buffalo bills apparel
nfl football
nfl jerseys online
custom football jerseys
cheap jerseys
custom nfl jersey
cheap nfl jerseys
nflshop
custom nfl jerseys
cheap nfl jerseys
custom jerseys
nfl shop custom jersey
nfl pittsburgh steelers
nflstore
cheap jerseys nfl
cheap sports jerseys
nfl fantasy football
nfl jersey shop
nfl shop

प्रचारप्रशारको क्रममा घर दैलो र चुनावी सभामा व्यस्त भुजेलले ठूला राजनीतिक दल असफल भइसकेको भन्दै स्वतन्त्र राजनीतिक शक्ति नेपाल अभियान अन्तर्गत आमाको काख चुनाव चिन्हमा भोट माग्दै छन् । नेपाल प्रहरीका पूर्व डिआईजी रमेश खरेलले अगुवाई गरेको उक्त अभियान अन्तर्गत उन्नत लोकतन्त्र, नेपाल आमा, नौलो जनवाद र नेपाल सुशासन पार्टी समेटिएका छन् । भुजेलको चुनावी क्षेत्रमा पोखरा महानगरपालिकाका ४, ८, ९, ११, १६ र २० नम्बर वडा पर्दछन् ।

घरदैलो र प्रचारप्रशारमा आफ्नो समूह पुग्दा पुरानै दल र नेताहरु भोट माग्दै गरेको आफूले भेटेको भन्दै उनले काँग्रेस, एमाले, माओवादी, राप्रपा लगायतका दलको दुई ठूला गठबन्धनले हामी ठूलो अरु साना र झिनामसिना भन्ने तरिकाले अघि बढ्दै स्वतन्त्र किन चाहियो भन्ने गरेको अनुभव उनले सुनाए । नेपाली काँग्रेसले राज्यले दिने सुविधा जनतासम्म पुर्याउँछु भन्दै भोट मागेको तर राज्यले दिने सुविधा जनता आफैं लिन सक्षम भएको उनले बताए । एमालेले पर्यटन भनेको तर देशमा पर्यटक भित्र्याउन चुनाव जित्नै पर्छ र भनी उनले प्रश्न गरे । कतिपय मतदाताले प्रचारको क्रममा पुग्दा ठूला दलले पैसा दिए तिमीले के दिन्छौं भनेर प्रश्न गरेको बताउँदै उनले आफूहरुले पैसा नबाँडे पनि नयाँ जोश र जाँगरका साथ समाज बनाउँछु भनेर आएको बताए ।

ठूला नेताले अघि सारेका एजेण्डाहरु पैसामा विक्दा देशले दुःख पाएको भुजेलको भनाई छ । ‘जब एजेण्डाहरु पैसामा विक्न छाड्छन्, अनि बल्ल देशले एउटा प्रणाली समात्छ,’ उनले भने । के–कस्ता समस्याका कारण जनताले दुःख पाएका छन् भन्ने राम्रो ज्ञान आफूमा भएको बताउँदै उनले स्वरोजगार, भ्रष्टाचारको अन्त्य, पूर्वाधारको विकास र शिक्षाको विकास जस्ता पक्षहरुमा सुधार गरे मात्र देश अगाडि बढ्न सक्ने बताए । शिक्षाको नाममा समेत करोडौं रुपैयाँ बाहिर गएको उनले बताए ।

तीन दशक भन्दा लामो वहुदलको इतिहासमा नेताहरुले देश सपार्नुको सट्टा विगार्दै लगेको भन्दै उनले देशमा वैदेशिक ऋण बढ्दै गएको र युवा पलायनको अवस्था डरलाग्दो भएको स्मरण गराए । मुहान नै फोहोर हुँदा समस्या बढेको र सबै मिलेर विकृतिको अन्त्य गर्न जरुरी भएको उनको भनाई छ । शिक्षा र प्रविधिको सही सदुपयोग गर्दै देश विकास गर्न सकिने उनले बताए । पर्यटन, कृषि र रोजगारी जस्ता विषयमा जोड दिएर अघि बढ्न जरुरी भएको भनाई उनको छ । ‘शोच बदलौं, मन बदलौं र यसपालि मत बदलौं,’ उनले भने, ‘राष्ट्रियता, स्वतन्त्रता, सुशासन, समृद्धि र नेपालवादलाई ख्याल गरौं ।’

हिजोको दिनमा पैसा दिएर भोट किन्ने नेताहरु अहिले नयाँ अभियान देखेर युवासँग तर्सिएको उनले बताए । बैदेशिक रोजगारीमा एक दशकको अनुभव लिएर नेपाल फर्किएका भुजेलले देशमै केही गर्नुपर्छ भन्ने शोच अनुसार अहिले कृषि फारममा समेत आवद्ध छन् ।

मंसीर चार गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तर्गत कास्की जिल्लामा ३ प्रतिनिधिसभा र ६ प्रदेशसभाको सिट छ । कास्कीमा ९ पदका लागि मनोनयन दर्ताका दिनमा १ सय ६ जनाको उम्मेद्वारी परेकोमा पछि १६ जनाले फिर्ता लिंदा अहिले ९१ जनाले चुनाव चिन्ह प्राप्त गरेका छन् । तीमध्ये प्रतिनिधिसभा तर्फ ४६ जनाले मनोनयन दर्ता गराएका छन् । जसमा १४ जना स्वतन्त्र छन् भने बाँकी विभिन्न दलका उम्मेद्वार छन् । प्रतिनिधिसभाका लागि प्रदेशसभा तर्फ ४५ जना उम्मेद्वार मध्ये ९ स्वतन्त्र उम्मेद्वार छन् ।

Related News

सम्बन्धित समाचार

  • नवलपुरमा २५ सय हेक्टर वन सखाप

    रामकुमार श्रेष्ठ वैशाख १४, २०८१
    नवलपुर । नवलपुर जिल्लामा यस वर्ष १ सय बढी सामुदायमा आधारित वनमा आगलागी भएको छ । डिभिजन वन कार्यालय नवलपुरका…
  • गण्डकीमा डायलासिसका लागि अब पालो कुर्न नपर्ने

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेशमा डायलासिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिको संख्या शून्यमा झार्ने लक्ष्य पूरा भएको छ । बुधबार गण्डकी…
  • अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । चैत २५ मा एमालेका खगराज अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरे । त्यसको पर्सिपल्ट कांग्रेसका सुरेन्द्रराज…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…
  • गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । गण्डकीमा संविधान मिचेर मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै दायर गरिएको रिटको सुनुवाई  सपना प्रधान मल्ल र सारंगा सुवेदीको बेञ्चमा…

hero news full width