कारको ठक्करबाट ३ जनाको मृत्यु

आदर्श समाज सम्वाददाता
कार्तिक १५, २०७९
98814e5e47aa414f82492dae66922635-MK-1

पोखरा । भैरहवा नजिकै कारको ठक्करबाट एक शिशुसहित ३ जनाको मृत्यु भएको छ । छठघाटबाट घरतर्फ फर्किरहेको सोमबार बिहान कारले ठक्कर दिंदा ३५ दिनको एक शिशुसहित ३ जनाको मृत्यु भएको हो । घटनामै परेका शिशुको आमासहित २ जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालले बताए ।

ठक्करबाट मृत्यु हुनेमा २८ वर्षीया प्रमिला कुर्मी, १४ वर्षीय सीमा कुर्मी र ३५ दिनको नाम नखुलेको शिशु रहेका छन् । यस्तै सोही घटनामा परी २४ वर्षीया बन्दना कुर्मी र २६ वर्षीया मन्जु कुर्मी घाइते छन् ।
घाइतेको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ । उनीहरुमध्ये मन्जुको अवस्था सामान्य रहे पनि बन्दनाको अवस्था गम्भीर छ ।

छठ व्रतालुलाई बिहान भैरहवाबाट परासीतर्फ गइरहेको कारले ठक्करले दिएको थियो । कारको पहिचान अहिलेसम्म हुन सकेको छैन ।

Related News

सम्बन्धित समाचार

hero news full width