पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारत्तोलनमा विभागीय टिम हावी हुँदा सुदूरपश्चिम प्रदेशले पहिलो स्वर्ण जितेको छ ।
दोस्रो दिन सोमबार पुरुष ७३ केजी तौल समूहमा सुदूरपश्चिमका हेमन्त पालले स्वर्ण जितेका छन् । उनले स्न्याचमा ९० र क्लीन एण्ड जर्कमा १०७ गरी कुल १९७ केजी भार बहन गर्दै सुदूरलाई भारत्तोलनमा पहिलो स्वर्ण दिलाएका हुन् । यस्तै, नेपाल पुलिसका अशोककुमार शाहले रजत र एपिएफका राहुलकुमार दासले कास्य जिते । अशोकले कुल १८९ र राहुलले १८८ केजी भार बहन गरेको रेफ्री संजय महर्जनले जानकारी दिए ।
दोस्रो दिनसम्म ८ खेल सकिंदा नेपाल पुलिसले ४ र नेपाल आर्मीले ३ स्वर्ण हात पारेका छन् ।
२० स्वर्णसहित ६० पदकका लागि १७२ खेलाडीको प्रतिस्पर्धा
एनआरएनबाहेक १० टिमले भाग लिएको प्रतियोगितामा २० स्वर्णसहित कुल ६० पदका लागि खेल हुँदैछ ।
सोमबार महिला ५५ केजी तौल समूहतर्फ पुलिसकी टीकामाया गुरुङले स्वर्ण जितिन् । उनले स्न्याचमा ६० र क्लीन एण्ड जर्कमा ८० गरी कुल १४० केजी भार बहन गर्दै स्वर्ण जित्न सफल भएकी हुन् । आर्मीकी प्रभा थारुले रजत र लुम्बिनी प्रदेशकी कृष्णकला बिष्टले कास्य जितिन् ।
महिला ५९ केजी तौल समूहमा आर्मीकी कमला श्रेष्ठले स्वर्ण जितिन् । उनले स्न्याचतर्फ ६८ र क्लीन एण्ड जर्कमा ८५ गरी कुल १५३ तौल भार बहन गरेकी थिइन् । नेपाल पुलिसकी देवीकुमारी चौधरीले रजत र आर्मीकै अस्मिता पुलामी मगरले कास्य जितिन् । पुरुष ६७ केजी तौल समूहमा आर्मीका कमलबहादुर अधिकारीले स्न्याचमा ९५ र क्लीन एण्ड जर्कमा १३० गरी कुल २२५ केजी भार बहन गरी आर्मीलाई तेस्रो स्वर्ण दिलाए । आर्मीकै मुक्तिराम घले रजत र सुदूरपश्चिमका अशोकसिंह भण्डारीले कास्य जिते । पहिलो दिन पुरुष ६१ केजी तौल समूहमा नेपाल पुलिसका मुई लामा, महिला ४९ केजी तौल समूहमा नेपाल पुलिसकी संगीता राई, पुरुष ५५ केजी तौल समूहमा आर्मीका तुलाराम महतो र महिला ४५ केजी तौल समूहमा पुलिसकी हिरामोती थारुले स्वर्ण जितिसकेका छन् । प्रतियोगितामा महिला ७६ र पुरुष ९६ गरी कुल १ सय ७२ जना खेलाडीले भाग लिएको नेपाल भारत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ ‘बोस’ ले बताए ।
Related News
सम्बन्धित समाचार
आजदेखि बिटी कप
पोखरामा ९० हजार पुरस्कारको क्यारमबोर्ड प्रतियोगिता हुने
फेन्सिङमा गण्डकीलाई स्वर्ण
ह्विलचेयर बास्केटबलमा आयोजक विजयी
बहिरा संघको फुटबल सुरु
hero news full width
मुख्य समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९प्रदेशका पाँच वर्ष : अपेक्षा धेरै, फिलतो कार्यान्वयन
माघ २२, २०७९२१ नाटक प्रदर्शनसहित सकियो नाटक महोत्सव
माघ २१, २०७९प्रदेश सांसदका चिन्ता: न संघले हेर्छ, न पालिकाले टेर्छ
माघ २१, २०७९मुग्लिन–पोखरा सडकखण्ड निर्माण सुस्त, पर्यटनमा मार
माघ २१, २०७९