विन्ध्यवासिनी माविमा रवीन्द्र

आदर्श समाज सम्वाददाता
असाेज ७, २०७९
Bindhyabasini

पोखरा । पोखरा २, वरपाटरस्थित विन्ध्यवासिनी मावि विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पोखरा २, भीमसेन टोलका समाजसेवी रवीन्द्र बाटाजु सर्वसम्मत चयन भएका छन् ।

चयन भएका र मनोनीत गरी कुल ९ जना सदस्यबाट बाटाजु अध्यक्षमा छानिएका हुन् । उनी वडा शिक्षा समिति वडा २ बाट सिफारिस भएका सदस्य हुन् । यसअघि अभिभावकको भेलाले सदस्यमा बाटाजूसहित लालुप्रसाद अधिकारी, अनिता जिसी, मञ्जु विक, वडा २ वडा प्रतिनिधि सदस्य गौतम विजुक्छे, अग्निप्रसाद भुषाल, शिक्षक प्रतिनिधि हरिप्रसाद गौडेल र सदस्य सचिव प्रधानाध्यापक वसन्तराज पाण्डे सहितको ८ सदस्यिय समिति चयन गरेको थियो । सुदर्शन भारी पोखरा २, भीमसेनटोललाई सदस्यमा मनोनीत गरिएको हो ।

बैठकले समिति गठन गर्न सहयोग गर्ने पोखरा महानगरपालिका शिक्षा महाशाखा, वडा २ वडा अध्यक्ष दिवसमान प्रधानाङ्ग लगायत वडा कार्यालय, अभिभावक, शिक्षक कर्मचारी, विद्यार्थी तथा सम्पूर्ण शुभेच्छकहरुप्रति विद्यालय परिवारको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गरेको छ । निर्वाचित भएपछि अध्यक्ष बाटाजुले विद्यालयलाई थप गुणस्तरयुक्त बनाउनका लागि सबैको साथ र सहयोग लिएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । यसका लागि सदाझै सबैको साथ र सहयोगको लागि अनुरोध समेत उनले गरे ।

Related News

सम्बन्धित समाचार

  • मनिपालमा अत्याधुनिक एमआरआई मेसिन

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालले गण्डकी प्रदेशमै पहिलो अत्याधुनिक एमआरआई मेसिन ल्याएको छ । १.५ को टेस्ला जिई…
  • कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । कास्कीमा माध्यमिक शिक्षा एसइईका उत्तरपुस्तिका परीक्षण रोकिएको छ । १० वर्षदेखि उत्तरपुस्तिका परीक्षण पारिश्रमिकमा वृद्धि नभएको भन्दै शिक्षकहरुले…
  • स्याङ्जा जिल्लाकै पहिलो विद्यालयको ७१ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    स्याङ्जा। जिल्लाकै पहिलो विद्यालय मातृभूमि माविको ७१ औं वार्षिकोत्सव मंगलबार मनाइएको छ । विद्यालय परिसरमा निर्मित संस्थापक अध्यक्ष र प्रधानाध्यापकको…
  • माछापुच्छ्रे माविलाई बस सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । भारतीय दूतावासले माछापुच्छ्रे माध्यमिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको छ । नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत दूतावासले माछापुच्छ्रे–२…
  • राष्ट्रिय माविमा पूर्व विद्यार्थीको सम्मान

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । यस वर्ष हीरक महोत्सव मनाइरहेको राष्ट्रिय माध्यमिक विद्यालय, पोखरामा शनिबार पुनर्मिलन कार्यक्रम भएको छ । सो अवसरमा पोखरा…

hero news full width