शिवशक्ति क्याम्पसमा ‘विशाल’

आदर्श समाज सम्वाददाता
असाेज ४, २०७९
Shiva Shakti

पोखरा । पोखरा ११, फूलबारीस्थित शिवशक्ति क्याम्पस सञ्चालक समिति अध्यक्ष युवराज बास्तोला ‘विशाल’ चयन भएका छन् ।

क्याम्पसको शनिबार भएको ११ औं वार्षिक साधारण सभाबाट उनी अध्यक्ष चयन भएका हुन् । लामो समय बैंकिङ सेवामा रहेर विशिष्टता हासिल गरेका बास्तोला फूलबारी क्लबका पूर्व अध्यक्ष, रोटरी क्लब अफ पोखरा न्युरोडका पूर्व अध्यक्ष र पोखरा जेसिजका पूर्व उपाध्यक्ष हुन् । हाल उनी रत्नज्योति बोर्डिङ रत्नचोकका प्राचार्य रहेका छन् ।

शिवशक्ति क्याम्पसको साधारण सभाले सदस्यमा दुर्गा जोजिजू र बुद्धिसागर घिमिरेलाई चयन गरेको छ । २१ सदस्यीय समितिमा वडाध्यक्ष र क्याम्पस प्रमुख पदेन सदस्य रहने तथा शिक्षक प्रतिनिधि २ जना रहने व्यवस्था छ । अन्य सदस्यहरु अध्यक्षले मनोयन गर्ने छन् ।

निर्वाचन समितिको संयोजकमा रवीन्द्र बास्तोला तथा सदस्यहरु वसन्त पाण्डे र कमल थापा थिए । सभा गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता रोहितराज बास्तोलाले उद्घाटन गरेका थिए ।

कार्यक्रममा पूर्व अध्यक्ष माधवप्रसाद बास्तोला ‘मधु’ वडाअध्यक्ष प्रेमप्रसाद कर्माचार्य, पूर्व वडाध्यक्ष निर्मल कर्माचार्य, क्याम्पस प्रमुख दीपक बास्तोला, शिवशक्ति माविका प्रधानाध्यापक शम्भुराज बास्तोला, जनप्रिय क्याम्पसका प्राचार्य लोकराज भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

क्याम्पसका कार्यवाहक अध्यक्ष माया तझ्याको अध्यक्षतामा भएको कार्यक्रममा सरस्वती भण्डारीले स्वागत र शिक्षक रमेश थापाले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • मनिपालमा अत्याधुनिक एमआरआई मेसिन

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालले गण्डकी प्रदेशमै पहिलो अत्याधुनिक एमआरआई मेसिन ल्याएको छ । १.५ को टेस्ला जिई…
  • कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । कास्कीमा माध्यमिक शिक्षा एसइईका उत्तरपुस्तिका परीक्षण रोकिएको छ । १० वर्षदेखि उत्तरपुस्तिका परीक्षण पारिश्रमिकमा वृद्धि नभएको भन्दै शिक्षकहरुले…
  • स्याङ्जा जिल्लाकै पहिलो विद्यालयको ७१ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    स्याङ्जा। जिल्लाकै पहिलो विद्यालय मातृभूमि माविको ७१ औं वार्षिकोत्सव मंगलबार मनाइएको छ । विद्यालय परिसरमा निर्मित संस्थापक अध्यक्ष र प्रधानाध्यापकको…
  • माछापुच्छ्रे माविलाई बस सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । भारतीय दूतावासले माछापुच्छ्रे माध्यमिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको छ । नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत दूतावासले माछापुच्छ्रे–२…
  • राष्ट्रिय माविमा पूर्व विद्यार्थीको सम्मान

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । यस वर्ष हीरक महोत्सव मनाइरहेको राष्ट्रिय माध्यमिक विद्यालय, पोखरामा शनिबार पुनर्मिलन कार्यक्रम भएको छ । सो अवसरमा पोखरा…

hero news full width