मदरल्याण्डमा शिक्षक–अभिभावक अन्तक्र्रिया

आदर्श समाज सम्वाददाता
असाेज ४, २०७९
Motherland schools

पोखरा । मदरल्याण्ड माविमा कक्षा ११ र १२ पढ्ने विद्यार्थीका अभिभावक र शिक्षकबीच सोमबार अन्तक्र्रिया भएको छ । बिहान र दिउँसो गरी २ दिनसम्म भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं शैक्षिक प्रशासक प्रेमनारायण पोख्रेलले सहजीकरण गरेका थिए ।

उनले जीवननोपयोगी सीपका लागि पढाइबाहेक घरका आफ्ना काम, समाचार सुन्ने र पढ्ने, भाषाको अध्ययन गर्ने, संस्कार सिक्ने, समयको महŒव बुझ्ने र समयमा काम गर्ने कुरामा बाबुनानीलाई लगाउनुपर्ने विषयमा जोड दिए । निरन्तर व्यायामका साथै परिवारका सबै सदस्य एकै ठाउँमा जम्मा भएर दैनिक केही समय कुराकानी गर्ने बानी बसाल्नाले अहिलेका विद्यार्थी तथा बाबुनानीमा अभिभावकसँग आफ्ना कुरा खोल्ने स्वभावको विकास हुने उनले बताए ।

अभिभावकमध्ये लक्ष्मी न्यौपाने, कृष्ण केसी, ओमबहादुर कार्की, शिवराज आचार्य लगायतले बेलाबेलामा विद्यार्थीलाई अभिभावक, शिक्षक र विद्यालयले अभिप्रेरित परामर्श गर्नुपर्ने विषयमा जोड दिए ।

अभिभावकका जिज्ञासा मेट्दै विद्यालयका निर्देशक त्रिभुवन शर्मा र प्राचार्य नारायण बरालले विद्यार्थीमा अद्भूत प्रतिभा रहेकाले उनीहरूको प्रतिभा पहिचान गरी प्रस्फुटनमा सहयोग गर्ने कार्यमा विद्यालयले जोड दिएको बताए । साथै अबको शिक्षा सहकार्यमा आधारित हुनुपर्ने, शिक्षक, विद्यार्थी र अभिभावकबिचको घनिष्ट सम्बन्धबाट मात्र शैक्षिक उद्देश्य पूरा गर्न सकिने धारणा राखे । यसका साथै अबको जनशक्तिको प्रतिस्पर्धा केबल राष्ट्रभित्र मात्र नभई अन्तर्राष्ट्रिय जगत्मा पनि हुने भएकाले विद्यार्थी सैद्धान्तिक पढाइका साथ जीवनोपयोगी सीपमा पनि अगाडि बढ्नुपर्ने विचार व्यक्त गरे ।

प्लस टु इन्चार्ज नारायण आचार्यले कार्यक्रम समापन गर्दै उच्च शिक्षाका लागि बलियो आधार तयार गर्ने कक्षा ११ र १२ को बोर्ड परीक्षामा राष्ट्रिय परीक्षा बोर्डले पनि अलि कसिलो बनाएकाले विद्यार्थीको उत्तम नतिजाका लागि सबै लाग्नुपर्ने कुरा व्यक्त गरे । प्लस टु विज्ञान र व्यवस्थापन समूहका संयोजकद्वय लोकबहादुर गुरुङ र इन्द्रप्रसाद पौडेलले कार्यक्रम संचालन गरेको होमनाथ भट्टराईले जनाए ।

Related News

सम्बन्धित समाचार

  • मनिपालमा अत्याधुनिक एमआरआई मेसिन

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालले गण्डकी प्रदेशमै पहिलो अत्याधुनिक एमआरआई मेसिन ल्याएको छ । १.५ को टेस्ला जिई…
  • कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । कास्कीमा माध्यमिक शिक्षा एसइईका उत्तरपुस्तिका परीक्षण रोकिएको छ । १० वर्षदेखि उत्तरपुस्तिका परीक्षण पारिश्रमिकमा वृद्धि नभएको भन्दै शिक्षकहरुले…
  • स्याङ्जा जिल्लाकै पहिलो विद्यालयको ७१ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    स्याङ्जा। जिल्लाकै पहिलो विद्यालय मातृभूमि माविको ७१ औं वार्षिकोत्सव मंगलबार मनाइएको छ । विद्यालय परिसरमा निर्मित संस्थापक अध्यक्ष र प्रधानाध्यापकको…
  • माछापुच्छ्रे माविलाई बस सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । भारतीय दूतावासले माछापुच्छ्रे माध्यमिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको छ । नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत दूतावासले माछापुच्छ्रे–२…
  • राष्ट्रिय माविमा पूर्व विद्यार्थीको सम्मान

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । यस वर्ष हीरक महोत्सव मनाइरहेको राष्ट्रिय माध्यमिक विद्यालय, पोखरामा शनिबार पुनर्मिलन कार्यक्रम भएको छ । सो अवसरमा पोखरा…

hero news full width