मानव मिलनमा गुप्त

आदर्श समाज सम्वाददाता
असाेज ४, २०७९
manab milan gupta

पोखरा । मानव मिलन संस्था पोखराको अध्यक्षमा गुप्तप्रसाद शर्मा निर्वाचित भएका छन् ।

संस्थाको सोमबार चौंथो वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले उनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समिति प्रथम उपाध्यक्षमा मनीष साह, द्वितीय उपाध्यक्ष विष्णुहरि तिमिल्सिना, महासचिव शान्त लामिछाने, सचिव पुष्पा पौडेल, कोषाध्यक्ष कौशिला थापा र सहसचिव बसुन्धरा भण्डारी चयन भए ।

सदस्यमा प्रेमकुमारी पराजुली, रामजी पौडेल, विद्या पौडेल, सिर्जना शर्मा रहेका छन् ।

संस्थाका सल्लाहकार मातृका वस्ताकोटीको संयोजकमा यमप्रसाद पौडेल र उमाकान्त सुवेदी सदस्य रहेको समितिले निर्वाचन सम्पन्न गरेको थियो । साधारण सभाको संस्थाका सल्लाहकार एवं स्वतन्त्र पत्रकार संघ नेपालका राष्ष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले उद्घाटन गरेका थिए । त्यस अवसरमा प्रमुख आमन्त्रित बास्तोलाले संस्थाले मानवमैत्री वातावरण सिर्जना गरेको बताए ।

कार्यक्रममा मानव मिलन अन्तर्राष्ट्रिय महिला सचिव सावित्री शर्मा, संस्थापक अध्यक्ष रेशमराज सुवेदी, सल्लाहकार कोमल प्रजु, सनातन धर्म सेवा समिति कास्कीका अध्यक्ष रवीन्द्र माकाजु, विश्व हिन्दु संघ कास्की उपाध्यक्ष सावित्री घिमिरे, मानव मिलन युवा समितिका केन्द्रीय अध्यक्ष नवराज सुवेदी, मानव मिलन आरुखर्कका अध्यक्ष रामचन्द्र पौडेल, बालअधिकारकर्मी बद्री वाग्ले, ढकालमैत्री समाजका अध्यक्ष रमा ढकाल, भिरकोट सामीप्य समाजका अध्यक्ष श्याम रेग्मी, आरुखर्क–पोखरा सम्पर्क समाजका अध्यक्ष यमप्रसाद पौडेल, मानव मिलन लेखनाथका सचिव गुरुप्रसाद सापकोटाले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाका अध्यक्ष गुप्तप्रसाद शर्माको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रथम उपाध्यक्ष कमला शर्माले स्वागत र सहसचिव शान्त लामिछानेले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width