भद्रकाली बहुमुखी क्याम्पस अध्यक्षमा माधवप्रसाद सिग्देल

आदर्श समाज सम्वाददाता
असाेज १, २०७९
Bhadrakali multiple

क्याम्पस संचालक समितिको नवनिर्वाचित कार्यसमिति।

पोखरा, १ असोज । भद्रकाली बहुमुखी क्याम्पस, पोखरा–१३ को शनिबार १३ औं वार्षिक साधारणसभा तथा चौंथो अधिवेशनबाट माधवप्रसाद सिग्देल संचालक समिति अध्यक्ष निर्वाचित भएका छन् ।
सदस्यमा जयप्रसाद सापकोटा, शोभाकान्त सिग्देल, विष्णु कार्की, बलराम बराल, भीमप्रसाद न्यौपाने र प्रदीपकुमार लम्साल चयन भए ।

क्याम्पस संचालक समितिका संस्थापक अध्यक्ष विश्वप्रकाश सिग्देलले साधारणसभा उद्घाटन गर्दै क्याम्पसका प्राध्यापकको सिनेटरमा रुची बढेकोले सबैको अपनत्व बढ्दै गएकोमा प्रशंसा गरे । गुणात्मक शिक्षाको लागि सदैव आफू तयार रहेको उनले भनाइ थियो ।

पोखरा १३ का वडाध्यक्ष किरण बरालले आफ्नो कार्यकालभित्र जसरी पनि क्याम्पसलाई जग्गा खोजी भौतिक निर्माणको सुरुवात गर्ने वचनबद्धता व्यक्त गरे । दिनरात क्याम्पसलाई जग्गा खोज्न नापिदेखि मालपोत कार्यालयमा सम्पर्क भइरहेको उनले बताए ।

क्याम्पस संचालक समितिका अध्यक्ष बजिरमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रा.तारा बराल, भद्रकाली मावि व्यवस्थापन समिति अध्यक्ष लोकबहादुर कार्की, सिनेटर रामगोपाल ढेवाजु, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, भद्रकाली बहुमुखी क्याम्पसका प्रमुख नवराज रेग्मी, भद्रकाली माविका प्रअ राजेन्द्र भण्डारी, भद्रकाली बहुमुखी क्याम्पस प्राध्यापक संघका सभापति लोकचन्द्र खनाल, सत्यदेवी आमा समूूह अध्यक्ष जमुनादेवी श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा क्याम्पस संचालक समितिका सदस्य शरदकान्त सिग्देलले स्वागत र क्याम्पसका सहायक प्रमुख नारायणप्रसाद सापकोटाले साहित्यमय भाकामा कार्यक्रम संचालन गरेका थिए ।
सो अवसरमा वडाध्यक्ष किरण बरालले क्याम्पसको संरक्षक बन्ने घोषण गरे । यस्तै, लामो समय अमेरिका बसेका डा.सन्तोष सापकोटाले टिकटकबाट प्राप्त १ महिनाको आम्दानी बराबरको रकम क्याम्पसमा अक्षयकोष स्थापनामा सहयोगको घोषणा गरे ।

Related News

सम्बन्धित समाचार

  • मनिपालमा अत्याधुनिक एमआरआई मेसिन

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालले गण्डकी प्रदेशमै पहिलो अत्याधुनिक एमआरआई मेसिन ल्याएको छ । १.५ को टेस्ला जिई…
  • कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । कास्कीमा माध्यमिक शिक्षा एसइईका उत्तरपुस्तिका परीक्षण रोकिएको छ । १० वर्षदेखि उत्तरपुस्तिका परीक्षण पारिश्रमिकमा वृद्धि नभएको भन्दै शिक्षकहरुले…
  • स्याङ्जा जिल्लाकै पहिलो विद्यालयको ७१ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    स्याङ्जा। जिल्लाकै पहिलो विद्यालय मातृभूमि माविको ७१ औं वार्षिकोत्सव मंगलबार मनाइएको छ । विद्यालय परिसरमा निर्मित संस्थापक अध्यक्ष र प्रधानाध्यापकको…
  • माछापुच्छ्रे माविलाई बस सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । भारतीय दूतावासले माछापुच्छ्रे माध्यमिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको छ । नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत दूतावासले माछापुच्छ्रे–२…
  • राष्ट्रिय माविमा पूर्व विद्यार्थीको सम्मान

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । यस वर्ष हीरक महोत्सव मनाइरहेको राष्ट्रिय माध्यमिक विद्यालय, पोखरामा शनिबार पुनर्मिलन कार्यक्रम भएको छ । सो अवसरमा पोखरा…

hero news full width