अन्तर्राष्ट्रिय तेक्वान्दोमा १३ सय खेलाडी

आदर्श समाज सम्वाददाता
भाद्र २६, २०७९
Taekwando Photo

पोखरा । पोखरामा हुने माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दोमा १ हजार ३ सय जना खेलाडीहरु सहभागी हुने भएका छन् ।

‘तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप–२०२२’ जि–२ र्‍याकिङ तथा ‘प्रथम जिसिएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप–२०२२’ मा कुल १३ देशका १ हजार ३ सय खेलाडीले भाग लिने पत्रकार सम्मेलनमा जनाइएको छ ।

आगामी असोज ६ देखि ९ सम्म हुने र्‍याकिङतर्फ १ हजार १ जना र पुम्सेतर्फ २ सय ९८ जना खेलाडीहरुले आफ्नो नाम दर्ता गराएको गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगनबहादुर गुरुङले बताए । दक्षिण एशियामा नै पहिलो पटक उक्त प्रतियोगिता नेपालमा आयोजना गर्न पाउनु गौरवको विषय रहेको बताउँदै उनले ग्योरोगी र्‍याकिङ जुनियर तथा सिनियर र पुम्से प्रतियोगिताका लागि खेलाडीहरुको दर्ता हिजो विहिबार बाटै रोकिएको बताए । पोखरा रंगशालामा खेलाडीहरुको लागि आवश्यक पर्ने एरिना सानो र थोरै दर्शक क्षमता भएकोले दर्ता ४ दिन अघि नै स्थगित गर्नु परेको उनले जनाए । कोभिड १९ का कारण समस्यामा रहेको पर्यटन क्षेत्रलाई यो खेलले प्रवद्र्धन गर्न सहयोग पुग्ने उनको दाबी छ ।

प्रतियोगितामा विश्वभरीका खेलाडी, निर्णायक, प्रशिक्षक, सहभागी खेलाडीका परिवारका सदस्य र तेक्वान्दो महासंघका विशिष्ट पदाधिकारीसहित २ हजारभन्दा बढीको सहभागीता हुने संघका केन्द्रीय महासचिव दीपराज गुरुङले बताए । प्रतियोगिता सम्पन्न गर्न २ करोड ५५ लाख खर्च हुने संघ गण्डकी सचिव रमेश पौडेलले जनाए ।

Related News

सम्बन्धित समाचार

  • प्रदेश खेलकुदमा अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता मंसिर १९, २०७९
    पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीमा एक दिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ । प्रदेश खेलकुद परिषदका सदस्य र जिल्ला…
  • पुरुषतर्फ रोशन र महिलामा पल्लबीले जिते स्वर्ण

    आदर्श समाज सम्वाददाता मंसिर १९, २०७९
    पोखरा । लेखनाथ क्योकुसिन–कान कराते डोजोले आयोजना गरेको लेखनाथ डोजो जुनियर फुल कन्ट्रयाक्ट कराते च्याम्पियनमा पुरुष ५० केजीतर्फ रोशन गुरुङले…
  • विजेता खेलाडी र अफिसियललाई सम्मान

    आदर्श समाज सम्वाददाता मंसिर १९, २०७९
    पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले आइतबार पोखरामा खेलाडी, प्रशिक्षक, व्यवस्थापक तथा खेल संघलाई नगदसहित सम्मान गरेको छ । नवौं…
  • आहा ! रारा पोखरा गोल्डकप उपसमिति गठन

    आदर्श समाज सम्वाददाता मंसिर १७, २०७९
    पोखरा । २२ औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता–२०७९ को विभिन्न उपसमिति गठन गरिएको छ ।आयोजक सहारा क्लब…
  • शीर्ष वरियताकी सर्भानीको जीत

    आदर्श समाज सम्वाददाता मंसिर १४, २०७९
    पोखरा । आइटिएफ जे–५ टेनिस प्रतियोगितामा शीर्षवरियताकी सर्भानी श्रेष्ठले महिला डबल्सतर्फ मंगलबारको खेलमा जीत हासिल गरेकी छन् । भारतकी इशी…

hero news full width