तीज अवसरमा पाल्पाली समाजको सम्मान

आदर्श समाज सम्वाददाता
भाद्र ४, २०७९
Palpali Samaj

पोखरा, ४ भदौ । हरितालिका तीज अवसरमा पाल्पाली समाज पोखराले पाल्पाली चेलीको सम्मान गरेको छ । समाजले शनिबार आयोजना गरेको तीजको शुभकामना एवं चेलीबेटी भेटघाटमा अधिवक्ता माधवी पाण्डेय र इन्दिरा कँडेललाई सम्मान गरेको हो ।

पाल्पाको रामपुर–१० मुल घर भएकी अधिवक्ता माधवी पाण्डेय समाजका पूर्व कानुनी सल्लाहकार हुन् । यस्तै, पाल्पाको निस्दी गाउँपालिका ५ मूल घर भएकी कँडेल समाजको पूर्व कार्यसमिति सदस्य हुन् । उनीहरुले विभिन्न उपसमितिमा रहेर संस्थाको विकासमा गरेको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।

यसैगरी, समाजको गतिविधि प्रचारमा संचार क्षेत्रबाट योगदान गरेकोमा पाल्पाको तानसेन–१४ मूल घर भएकी पत्रकार अनिता घिमिरे (चन्द्रिका) लाई गत चैतमा सम्मान गरिएकोमा शनिबार सम्मानपत्र हस्तान्तरण गरियो ।

कार्यक्रमबीच, मिस नेपाल २०२२ की सेकेण्ड रनर अप हुन सफल रामपुरकी टुगा रानामगरलाई पनि सम्मान गरिएको थियो ।
समाजका अध्यक्ष रेशम रचक थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष बालचन्द्र परियार र संचालन महासचिव केशव नेपालले गरेका थिए । दामोदर बस्यालको संयोजकत्वमा भएको कार्यक्रममा पाल्पाली चेलीहरुले तीजको दर खानुको साथै नाचगान गरी रमाइलो गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • नवलपुरमा २५ सय हेक्टर वन सखाप

    रामकुमार श्रेष्ठ वैशाख १४, २०८१
    नवलपुर । नवलपुर जिल्लामा यस वर्ष १ सय बढी सामुदायमा आधारित वनमा आगलागी भएको छ । डिभिजन वन कार्यालय नवलपुरका…
  • गण्डकीमा डायलासिसका लागि अब पालो कुर्न नपर्ने

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेशमा डायलासिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिको संख्या शून्यमा झार्ने लक्ष्य पूरा भएको छ । बुधबार गण्डकी…
  • अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । चैत २५ मा एमालेका खगराज अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरे । त्यसको पर्सिपल्ट कांग्रेसका सुरेन्द्रराज…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…
  • गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । गण्डकीमा संविधान मिचेर मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै दायर गरिएको रिटको सुनुवाई  सपना प्रधान मल्ल र सारंगा सुवेदीको बेञ्चमा…

hero news full width