ठाडोभाका लोककला प्रतिष्ठानमा नवराज पहाडी

आदर्श समाज सम्वाददाता
भाद्र १, २०७९
thadobhaka

लमजुङ, १ भदौ । ठाडोभाका लोककला प्रतिष्ठान नेपालको तेस्रो अधिवेशनले नवराज पहाडीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । आदर्श समाज राष्ट्रिय दैनिकका लमजुङ संवाददाता पहाडी यसअघि पनि अध्यक्ष थिए । उनी स्वतन्त्र पत्रकार संघ नेपालका पूर्व महासचिव हुन् ।

यस्तै, प्रतिष्ठान वरिष्ठ उपाध्यक्षमा युवराज घिमिरे, उपाध्यक्ष शोभा थापा, महिला उपाध्यक्ष सीतादेवी दुरा, महासचिव अकलविरही गुरुङ, कोषाध्यक्ष मीना गुरुङ, सचिव आशबहादुर विक, सहकोषाध्यक्ष– मुन्टीमाया तामाङ चायन भए ।

सदस्यमा अमरध्वज गुरुङ, क्या. पूर्णबहादुर दुरा, विश्वविनोद घिमिरे, सञ्जोग लामिछाने, कोपिला दुरा, सुधा ढकाल, अनिता गुरुङ, राधा भण्डारी र सीता गुरुङ निर्विरोध चयन भएको निर्वाचन समितिका संयोजक दामोदर अधिकारीले जानकारी दिए । समितिको कार्यकाल ३ वर्षको हुने व्यवस्था छ ।

अधिवेशन अवसरमा ७० वर्ष उमेर नाघेका अग्रज गायकगायिका ५ जना समेत १३ जनालाई सम्मान गरियो । यस्तै, स्मारिका विमोचन र लोकसंस्कृतिमा मौलिकता बचाउने चुनौती र ठाडोभाका विषयक गोष्ठ एकसाथ गरियो ।

कार्यक्रम उद्घाटन गर्दै सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाले लोक संस्कृति बचाउने चुनौती रहेको बताए । उनले यसमा मौलिकता अर्को पाटो हो र आयोजक संस्थाले लिएको चिन्ता सामयिक छ भने । उनले भने, ‘त्यसका लागि स्थानीय तहले के गर्नु पर्छ र ठाडोभाका मूलतः यही नगरपालिकामा जन्मिएको भाका भएकाले पनि यसको संरक्षणमा नगरपालिका लाग्ने छ भन्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’

प्रतिष्ठानले प्रकाशन गरेको स्मारिका सो अवसरमा लोकार्पण गरिएको थियो । त्यसको टिप्पणी पाणिनी संस्कृति माविका पूर्वशिक्षक मुक्ति अधिकारीले गरेका थिए । उनले २ सय १२ पेज श्यामश्वेत र १६ पेज रंगीन गरी छापिएको स्मारिकामा विशेषत आफूले ६ खण्डका सामग्री पाएको बताउँदै त्यसको उदाहरणसहित पुष्टि गरेका थिए ।

संस्थाको ७० वर्ष उमेर पार गरेका ठाडोभाकाका अग्रज गायकगायिका सम्मान गर्ने नीति अनुसारय यसपालि ७९ वर्षका अमरध्वज गुरुङ, ७३ वर्षकी चीजामाया भण्डारी र धिंगाल कान्छा भनिने नरबहादुर दुरा, ७० वर्ष पार गरेकी भवी दुरा, पूर्णिमाया दुरालाई सम्मान गरेको संस्थाका महासचिव रुपिन्द्र प्रभावी जोशीले जानकारी दिए । यस्तै, ठाडोभाकाको कार्यक्रमलाई सहयोग गरिआएका दोर्दी गाउँपालिकाका निवर्तमान अध्यक्ष ओमबहादुर गुरुङ, निवर्तमान उपाध्यक्ष दिल घले, देउबहादुर स्मृति कला केन्द्र र लमजुङे पानी आमा समूह तथा बौद्ध सेवा समाज भोर्लेटारलाई पनि सम्मान गरिएको थियो । उनले भने, ‘यो कार्यकालमा उत्कृष्ट सदस्यको रुपमा सञ्जोग लामिछानेलाई सम्मान गरिएको छ ।’

कार्यक्रममा ‘लोकसंस्कृतिमा मौलिकता बचाउने चुनौती र ठाडोभाका’ विषयक विचार गोष्ठी समेत गरिएको थियो । राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष दामोदर अधिकारीले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि साहित्यकार एवं संस्कृतिकर्मी विश्वविनोद घिमिरेले टिप्पणी गर्दै यो कार्यपत्र विन्दुमा सिन्धु अटाउने प्रयास गरियो बताए ।

कार्यक्रममा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष, दोर्दी गाउँपालिकाका निवर्तमान उपाध्यक्ष दिल घले, सामाजिक अभियन्ता एवं सर्वोदय सेवाश्रमका निवर्तमान अध्यक्ष कृष्णराज ओलिया लगायतले शुभकामना व्यक्त गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • नवलपुरमा २५ सय हेक्टर वन सखाप

    रामकुमार श्रेष्ठ वैशाख १४, २०८१
    नवलपुर । नवलपुर जिल्लामा यस वर्ष १ सय बढी सामुदायमा आधारित वनमा आगलागी भएको छ । डिभिजन वन कार्यालय नवलपुरका…
  • गण्डकीमा डायलासिसका लागि अब पालो कुर्न नपर्ने

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेशमा डायलासिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिको संख्या शून्यमा झार्ने लक्ष्य पूरा भएको छ । बुधबार गण्डकी…
  • अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । चैत २५ मा एमालेका खगराज अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरे । त्यसको पर्सिपल्ट कांग्रेसका सुरेन्द्रराज…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…
  • गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । गण्डकीमा संविधान मिचेर मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै दायर गरिएको रिटको सुनुवाई  सपना प्रधान मल्ल र सारंगा सुवेदीको बेञ्चमा…

hero news full width