हिन्दु राष्ट्र पुनस्र्थापना आवश्यक : लिङ्देन

आदर्श समाज सम्वाददाता
भाद्र १, २०७९
Rajendra Lingden

लेखनाथ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देलले हिन्दू राष्ट्र पुनस्र्थापनाका लागि सबै लाग्नु पर्नेमा जोड दिएका छन् ।

पोखरा–२९ स्थित नर्ममदेश्वर मोक्षधाममा १ महिनासम्म चलेको अखण्ड हरिनाम संकीर्तनको मंगलबार समापन गर्दै लिङ्देनले देशलाई समृद्ध बनाउन भाषा, संस्कृति र धर्मलाई संरक्षण गर्नुपर्ने र परम्परादेखिको प्रचलन जोगाइराख्न हिन्दु राष्ट्र अनिवार्य भएको जोड दिए ।

देशलाई धर्म निरपेक्ष बनाउने विषयमा नेताहरु जति दोषी छन्, तिनलाई भोट दिएर सत्तामा पु¥याउने हामी जनताहरु पनि त्यति नै दोषी भएकाले अबको निर्वाचनमा गल्ती सच्याएर राष्ट्र र राष्ट्रियताका सवालमा आवाज उठाउने पार्टीलाई भोट दिन उनको आग्रह थियो ।

देशभन्दा पनि माथि आफू जन्मेको र हुर्केको धर्म संस्कार हुने भएकाले हिन्दू राष्ट्र पुनस्र्थापनाका लागि हाम्रो हातबाट गरेको गल्तीलाई हाम्रै हातबाट सच्याउनु पर्ने उनको भनाइ छ ।

कार्यक्रममा कांग्रेस कास्की क्षेत्र १ सभापति राजेन्द्रमणि लामिछानेले परापूर्वकालदेखि धार्र्मिक तीर्थस्थलका रुपमा रहेको नर्मेदेश्वर मोक्षधामलाई धार्मिकस्थलरुपमा विकास गराउन राज्यबाट कुनै ध्यान नजानु विडम्बनाको विषय भएको बताए । वडा २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले स्थानीयस्तरमा भएका स्रोत र साधन प्रयोग गरी यो क्षेत्रलाई धार्मिक तीर्थस्थलका रुपमा विकास गराउने योजना भएको विचार राखेका थिए ।

संस्थाका अध्यक्ष झविन्द्रराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा ब्यास गुफा दमौलीका पीठाधीश दामोदर बाबा, संचारकर्मी सन्दीप पौडेल, संस्थाका उपाध्यक्ष शंकर पौडले लगायतले धारणा राखेका थिए ।

यसैबीच, अध्यक्ष लिङ्देनले राप्रपा कास्कीको क्षेत्रीय पार्टी कार्यालय उद्घाटन गरेका छन् । पोखरा ३० खुदीमा स्थापना गरिएको पार्टी कार्यालयबाट आगामी मंसिर ४ मा हुने निर्वाचनका गतिविधि अगाडि बढाउन पनि उनले आह्वान गरे ।

लिङ्देनले ३ दशकसम्म कांग्रेस कम्युनिष्टले देशलाई चक्रव्यँुहमा फसाएको आरोप लगाउँदै तीन तहको सरकारले देशले नधान्ने बताए ।

वैदेशिक नीति पञ्चशील आधारमा मित्रवत् व्यवहार हुनुपर्ने बताउँदै वैदेशिक हस्तक्षेप कदापि स्वीकार्य नहुने पनि सो अवसरमा बताए ।

केन्द्रीय सदस्य डा. भीमसेन गुरुङले पार्टीको नीति र उद्देश्य गाउँगाउँका जनतालाई बुझाउनुपर्नेमा जोड दिए ।

पार्टीका क्षेत्रीय अध्यक्ष नारायणप्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रुपा गाउँपालिकाका वीरेन्द्र पौडेल र क्षेत्रीय उपाध्यक्ष सन्तोष घिमिरेले स्वागत गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width