गण्डकीमा खेलाडी छनोट र बन्द प्रशिक्षण कार्यतालिका सार्वजनिक

आदर्श समाज सम्वाददाता
श्रावण ३१, २०७९
photo

पोखरा, ३१ साउन । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश खेलकुद परिषद् गण्डकीले छनोट र बन्द प्रशिक्षणका लागि कार्यतालिका सार्वजनिक गरेको छ ।
परिषद्ले ११ वटै जिल्लाका खेलकुद विकास समितिका अध्यक्ष र कार्यालय प्रमुखहरुको छलफलपछि कार्यतालिका सार्वजनिक गरेको हो । नवौं राष्ट्रिय खेलकुदको तयारीमा रहेको परिषदले दुई चरणमा विभाजन गरी खेलाडी छनोट गर्ने भएको परिषदका सदस्य तथा प्रतियोगिताका संयोजक खगेन्द्र क्षत्रीले जनाए ।

उनले भने, ‘हामीले पहिलो चरणमा १४ वटा खेलहरुलाई विशेष प्रशिक्षण सहित सोझो छनोट गर्ने छौं भने २२ वटा खेलहरुको जिल्ला छनोटको तयारी गरेका छौं ।’

परिषद्ले पहिलो चरणमा भदौ ३ गतेबाट १४ वटा खेलहरुको विशेष प्रशिक्षण सहित खेलाडी छनोट प्रतियोगिताहरु कास्की, नवलपुर, स्याङजा र बागलुङमा सञ्चालन हुनेछन् । २० दिनका लागि तय गरिएको विशेष प्रशिक्षणमा सफ्ट टेनिस, टेनिस, स्क्वास, खो–खो, हक्की, फेन्सिङ, स्विमिङ, ट्राइयाथलन, साइक्लिङ, महिला ह्याण्डबल, महिला बास्केटबल, महिला फुटबल, महिला क्रिकेट, प्याराग्लाइडिङ, गल्फ, कुस्ती, सुटिङ र आर्चरी खेलहरु रहेका छन् । विशेष प्रशिक्षणबाट आवश्यक खेलाडीहरु छनोट गरिने परिषदले जनाएको छ ।

अन्य २२ खेलका लागि जिल्ला छनोट प्रतियोगिता भदौ ९ देखि १२ गते सम्म सञ्चालन हुनेछ ।

विशेष प्रशिक्षण र जिल्ला छनोट पश्चात पोखरामा भदौ १५ देखि १८ गतेसम्म अन्तिम छनोट तालिका तय गरिएको संयोजक क्षत्रीले जनाए । भदौ १५ गते भव्य कार्यक्रमबीच प्रदेश छनोटलाई ‘स्टेट गेम्स’ रुपमा ‘ब्रान्डिङ’ गरी अघि बढाइने परिषदले तयारी थालेको छ ।

‘हामीले यो छनोट प्रतियोगितालाई ‘स्टेट गेम्स’ को रुपमा व्राण्डिङ गर्ने गरी तयारी गर्दैछौं, चाहे राष्ट्रिय खेल होस् वा नहोस् हामी हरेक वर्ष प्रदेशकै बृहत् प्रतियोगिताको रुपमा अघि बढ्ने छ’, संयोजक क्षत्रीले भने, ‘यो प्रदेश छनोट खेल हाम्रो लागि नयाँ समेत हो, हामी नयाँ संरचनामा आइसके पछि यसलाई खेलकुदको विशेष पर्वका रुपमा अघि बढाउने मात्रै नभई आगामी वर्षहरुका लागि समेत तयारी गरी अघि बढ्ने खुट्किलो समेत हो ।’ भदौ १५ देखि सुरु हुने अन्तिम छनोट खेलमा २२ खेलका ३ हजार भन्दा बढि खेलाडीहरु पोखरा आउने छन् ।

असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुने नवौं राष्ट्रिय खेलकुद पोखरामा ३९ वर्ष पछि हुँदैछ । प्रतियोगितामा ३६ र २ प्रदर्शनी खेल गरी ३८ खेलका करिब ८ हजार खेलाडी पोखरा आउने छन् ।
गण्डकी प्रदेशबाट ३८ खेलमा ७ सयभन्दा वढी खेलाडीले सहभागिता जनाउने छन् भने छनोट भएका खेलाडीहरु भदौ २६ देखि असोज २६ गतेसम्म आवासीय सुविधासहित बन्द प्रशिक्षणमा राखिने तयारी गरिएको परिषद्ले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेश स्क्वास ‍¥याकेट संघमा रञ्जित

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेश स्क्वास तथा ‍र्‍याकेट संघको अध्यक्षमा अशोक रञ्जित सर्वसम्मत निर्वाचित भएका छन् । संघको पोखरामा बिहीबार सम्पन्न…
  • खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । सहारा क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा ‘खेल्छ गण्डकी’ मार्फत् सहारा एकेडेमीमा सञ्चालन भएको १४…
  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…

hero news full width