काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन–२०७९ मा पार्टीका तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख÷उपप्रमुख, पालिकाका प्रमुख÷उपप्रमुख र अध्यक्ष÷उपाध्यक्षका लागि आजदेखि दुई दिने अभिमुखीकरण कार्यक्रम गर्दैछ ।
प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले बधाई/शुभकामना तथा अभिमुखीकरण कार्यक्रमको आज उद्घाट्न गर्र्नुहुनेछ । कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रम ललितपुरको हेरिटेज गार्डेनमा हुनेछ ।
कार्यक्रममा कांग्रेसबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख ३४, उपप्रमुख २३, नगर प्रमुख १४१, उपप्रमुख ११०, गाउँपालिका अध्यक्ष १८८, उपाध्यक्ष १९० लाई निमन्त्रणा गरिएको छ । यसबाहेक कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको पनि उपस्थिति रहने पार्टी कार्यलयले जनाएको छ ।
कार्यक्रमको पहिलो दिन आज उद्घाटनपछि संविधान, स्थानीय तह, राजश्व, तीनै तहका सरकारको अन्तरसम्बन्धलगायत क्षेत्रका विज्ञ काशिराज दाहाल, जगदिश भट्टराई, डा विश्वनाथ पौडेल र सन्तोषमणि नेपालले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । यसैगरी दास्रो दिन पार्टीका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, पार्टीका नेता एवं गृहमन्त्री बालकृष्ण खाण, प्रवक्ता डा प्रकाशशरण महतले प्रशिक्षण दिने कार्यक्रम तय भएको छ । रासस
Related News
सम्बन्धित समाचार
एकीकृत सरकारी कर्मचारीको भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान
गण्डकी सरकारविरुद्दको मुद्दा हेर्दाहेर्दैमा, आज टुंगो लागेन
अधिकारी सरकारको भविष्य के होला ? सर्वाेच्चमा सुनुवाइ आज
मन्त्री चुमानले सम्हाले अर्थ मन्त्रालयको कार्यभार, लगानी सम्मेलन प्राथमिकतामा
चुमानलाई पहिलोपटक ढुकुटीको साँचो, मनाङे फेरि भौतिकमा
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१