ढिकुरपोखरीमा तीजमेला हुने

आदर्श समाज सम्वाददाता
श्रावण २६, २०७९
dhikurpohari

हेमजा । कास्कीको ढिकुरपोखरीमा यस वर्ष तीजमेला हुने भएको छ । अन्नपूर्णस्थित ढिकुरपोखरी युवा सञ्जालको आयोजनामा सो मेला हुने भएको हो ।

मेला अवसरमा ११ ‘ए’ साइड फुटबल प्रतियोगिता, तीजगीत प्रतियोगिता, रस्साकस्सी, घैटोफुटाई लगायत प्रतियोगिता गर्न लागिएको सञ्जालका महासचिव दिलबहादुर जिसीले जानकारी दिए । यसैबीच, युवा भेलाले नवीन गिरी संयोजक तथा किरण गुरुङ सहसंयोजक रहेको ३१ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ । यसअघि मेला संचालन सम्बन्धमा गाउँपालिका, माछापुच्छे मावि, युवा संजालका प्रतिनिधि तथा मैदान निर्माणबारे ठेकेदारबीच छलफल भएको थियो ।

जसअनुसार ठेकेदार सुदीप बुढामगरले साउन ३० भित्र मैदान पूर्ववतः अवस्थामा फर्काइ खेल्न योग्य बनाउने सहमति भएको छ ।

ढिकुरपोखरीमा २० औं वर्षदेखि तीजमेला हुँदै आएकोमा कोरोनाका कारण गएको २ वर्ष मेला हुन सकेको थिएन ।

Related News

सम्बन्धित समाचार

hero news full width