निवृत्त शिक्षक समुदाय माछापुछ्रेमा जयलाल

आदर्श समाज सम्वाददाता
श्रावण २६, २०७९
teacher

पोखरा । निवृत्त शिक्षक समुदाय कास्कीको माछापुच्छ्रे गाउँपालिकास्तरीय भेलाले जयलाल दवाडीलाई अध्यक्ष चयन गरेको छ । उपाध्यक्ष गोविन्दप्रसाद अधिकारी, सचिव थानेश्वर लम्साल, कोषाध्यक्ष शशीधर अधिकारी चयन भए ।

सदस्यहरु गिरेन्द्र हमाल, खड्कबहादुर थापा, गोविन्दप्रसाद अधिकारी र सूर्य लम्साल छन् । २ सदस्य पछि थप गरिने बताइएको छ ।

जिल्ला अध्यक्ष छबिलाल आचार्यले हालसम्म जिल्ला र केन्द्रले भए गरेका कार्यक्रम र भावी कार्यक्रमबारे जानकारी गराएका थिए । कार्यक्रम जिल्ला सचिव शेषकान्त आचार्यले सञ्चालन गरेका थिए । शिक्षक समुदाय कास्कीमा ४ सय हाराहारीमा निवृत्त शिक्षक आबद्ध छन् ।

जिल्ला उपाध्यक्ष नरबहादुर गुरुङले निवृत्त जीवन सरल तरिकाले जिउन शिक्षक स्वयंले नै विविध कार्यक्रम गर्नुपर्ने उल्लेख गरे ।

नवनिर्वाचित अध्यक्ष जयलाल दबाडीले पालिकाभरका निवृत्त शिक्षकहरुको पहिचान गरेर छिट्टै संस्थामा आबद्ध गराउने बताए ।

नवनिर्वाचित उपाध्यक्ष गोविन्दप्रसाद अधिकारीले जिल्लाका सम्पूर्ण शिक्षकहरुको विवरण समावेश गरेर एक पुस्तक प्रकाशन गरिनुपर्ने, २०७३ सालअघि निवृत्त शिक्षकहरुले पनि छुट भएको ग्रेड पाउनुपर्ने, निजामती कर्मचारीसरह सहुलियत पाउनुपर्ने बताए ।

Related News

सम्बन्धित समाचार

  • लेकसिटी कलेजमा कार्निभल

    आदर्श समाज सम्वाददाता असाेज ९, २०७९
    पोखरा । लेकसिटी कलेज एन्ड रिसर्च सेन्टर, पोखराले कलेज परिसरमा शनिबार कार्निभल आयोजना गरेको छ । लेकसिटी कार्निभल नाम दिइएको…
  • रोजगारमूलक शिक्षामा जोड दिनुपर्छ : कुलपति गुरुङ

    आदर्श समाज सम्वाददाता असाेज ९, २०७९
    लेखनाथ । गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले रोजगारमूलक शिक्षामा जोड दिनुपर्ने बताएका छन् । तालचोकस्थित त्रिवेणी इन्टरनेशनल कलेजको शनिबार…
  • कालिकामा परियोजना लेखन कार्यशाला

    आदर्श समाज सम्वाददाता असाेज ९, २०७९
    पोखरा । कालिका बहुमुखी क्याम्पस, पोखराले शनिबार परियोजना लेखनसम्बन्धी कार्यशालाको आयोजना गरेको छ । व्यवस्थापन संकाय स्नातक तह चौंथो वर्षका…
  • हाजिरीजवाफमा बालमन्दिर प्रथम

    आदर्श समाज सम्वाददाता असाेज ८, २०७९
    हेमजा । माछापुच्छ्रे माविको स्वर्ण महोत्सव अवसरमा पूर्व विद्यार्थी मञ्चले शुक्रबार गरेकोे विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगितामा ८ विद्यालयलाई पछि पार्दै बालमन्दिर…
  • विन्ध्यवासिनी माविमा रवीन्द्र

    आदर्श समाज सम्वाददाता असाेज ७, २०७९
    पोखरा । पोखरा २, वरपाटरस्थित विन्ध्यवासिनी मावि विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पोखरा २, भीमसेन टोलका समाजसेवी रवीन्द्र बाटाजु सर्वसम्मत चयन…

hero news full width