ढिकुरपोखरीमा तीजमेला हुने

आदर्श समाज सम्वाददाता
श्रावण २४, २०७९
dhikurpohari

हेमजा, २४ साउन । कास्कीको ढिकुरपोखरीमा यस वर्ष तीजमेला हुने भएको छ । अन्नपूर्ण गाउँपालिका वडा १, २, ३ स्थित ढिकुरपोखरी युवा सञ्जालको आयोजनामा सो मेला हुने भएको हो । मेला अवसरमा ११ ए साइड फुटबल प्रतियोगिता, तीजगीत प्रतियोगिता, रस्साकस्सी, घैटोफुटाई लगायत प्रतियोगिता गर्न लागिएको संजाल महासचिव दिलबहादुर जिसीले जानकारी दिए ।

मंगलवार युवा भेलामा नवीन गिरी संयोजक तथा किरण गुरुङ सहसंयोजक रहेको ३१ सदस्यीय मूल आयोजक समिति गठन गरियो ।

यसअघि मेला संचालन सम्बन्धमा गाउँपालिका, माछापुच्छे मावि, युवा संजालका प्रतिनिधि तथा मैदान निर्माणको ठेकेदार पक्ष् बीच छलफल पनि भएको छ । जसअनुसार ठेकेदार सुदीप बुढामगरले साउन ३० भित्र मैदान पूर्ववतः अवस्थामा फर्काइ खेल्न योग्य बनाउने सहमति भएको छ ।

ढिकुरपोखरीमा २० औं वर्षदेखि तीजमेला हुँदै आएकोमा कोरोनाका कारण गएको २ वर्ष मेला हुन सकेको थिएन ।

Related News

सम्बन्धित समाचार

  • नवलपुरमा २५ सय हेक्टर वन सखाप

    रामकुमार श्रेष्ठ वैशाख १४, २०८१
    नवलपुर । नवलपुर जिल्लामा यस वर्ष १ सय बढी सामुदायमा आधारित वनमा आगलागी भएको छ । डिभिजन वन कार्यालय नवलपुरका…
  • गण्डकीमा डायलासिसका लागि अब पालो कुर्न नपर्ने

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेशमा डायलासिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिको संख्या शून्यमा झार्ने लक्ष्य पूरा भएको छ । बुधबार गण्डकी…
  • अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । चैत २५ मा एमालेका खगराज अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरे । त्यसको पर्सिपल्ट कांग्रेसका सुरेन्द्रराज…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…
  • गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । गण्डकीमा संविधान मिचेर मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै दायर गरिएको रिटको सुनुवाई  सपना प्रधान मल्ल र सारंगा सुवेदीको बेञ्चमा…

hero news full width