गठबन्धनका एउटै निर्वाचन चिन्ह !

रासस
श्रावण २१, २०७९
election

पोखरा । निर्वाचन आयोगले संघ र प्रदेशको चुनावमा गठबन्धन दलहरुले एउटै निर्वाचन चिन्ह पाउने व्यवस्था गरेको छ ।

आयोगको शुक्रबार बसेको बैठकले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४९ बमोजिम उक्त व्यवस्था गरेको हो ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ मा २ वा त्योभन्दा बढी दलहरु एकल निर्वाचन चिन्ह लिई निर्वाचनमा भाग लिन पाउने व्यवस्था छ ।

आयोगको विज्ञप्तिमा भनिएको छ, ‘दुई वा सोभन्दा बढी दलले एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिने प्रायोजनका लागि दल दर्ताको निवेदन दिंदा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची १३ बमोजिमको ढाँचामा दिनुपर्ने व्यवस्था गरिएको छ ।’

यसैगरी दल दर्ता गर्दा आवश्यक निवेदन संविधानको धारा २६९ को उपधारा ४ बमोजिमका शर्तहरु पूरा गरेको र प्रतिबद्धतापत्र समेत पेस गर्नुपर्ने छ ।

सरकारले आगामी मंसिर ४ गतेका लागि संघ तथा प्रदेशसभाको चुनाव मिति तोकेको छ । चुनाव मिति घोषणाको भोलिपल्ट गठबन्धन दलहरुले मिलेर चुनाव लड्ने सहमति गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width