लेखनाथ । रुपा गाउँपालिका ५, फेदीमा लाखे नाच प्रतियोगिता हुने भएको छ । स्थानीय फेदी नेवा खलः ले साउन २१ मा गण्डकी प्रदेशस्तरीय लाखे नाच प्रतियोगिता आयोजना गरेको पत्रकार सम्मेजनामा जानकारी दिइयो ।
‘कला संस्कृतिको संरक्षण, पहिचान र पर्यटनको प्रवद्र्धन’ नाराका साथ स्थापित फेदी नेवा खलःले नेवाः समुदायको कला संस्कृतिको संरक्षण एवं नयाँ पुस्तामा हस्तान्तरणका साथै एकताको सन्देश प्रवाहका लागि प्रतियोगिता आयोजना गरिएको अध्यक्ष मोहन जोशीले जानकारी दिए ।
प्रथम हुनेलाई ३३ हजार ३ सय ३३, द्वितीयलाई २२ हजार २ सय २२ र तृतीयलाई ११ हजार १ सय ११ प्रदान गरिनेछ । साथै उत्कृष्ट अनुशासित टिमलाई र उत्कृष्ट भेषभूषालाई ४ हजार ४ सय ४४ रुपैयाँ प्रदान गरिने क्लब सचिव सुरेन श्रेष्ठले बताए ।
प्रतियोगितामा कास्कीसहित छिमेकी जिल्लाबाट २३ टिमको सहभागिता रहने बताइएको छ ।
प्रतियोगितामा १२ लाख आम्दानी र ७ लाख खर्च हुने आयोजकको अनुमान छ । बचत रकम फेदी नेवाः खलको बहुउद्देश्यीय भवन निर्माणमा लगाइने आयोजनलो जनायो ।
Related News
सम्बन्धित समाचार
रेडक्रसमार्फत विपद् जोखिम न्यूनीकरण प्रविधि हस्तान्तरण
गल्फ लुब्रिकेन्टको डिलर मिट
पोखरामा मनाइयो विश्व आदिवासी दिवस
प्रेस युनियन पदाधिकारीको सम्मान
ढिकुरपोखरीमा रेडक्रस परिचयात्मक कार्यक्रम
hero news full width
मुख्य समाचार
संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
श्रावण २५, २०७९किताब पढ्नु र पास हुनुुमात्र शिक्षा होइन
श्रावण २४, २०७९चुनावकाे मुखमा कर बढाउन किन हौसिए गण्डकीका अर्थमन्त्री बराल ?
श्रावण २४, २०७९नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुटिसक्यौं : सदस्यसचिव घिसिङ
श्रावण २३, २०७९मदन पुरस्कारका लागि उत्कृष्ट ८ पुस्तक सार्वजनिक
श्रावण २३, २०७९