पोखरा । पोखरा कलेज अफ म्यानेजमेन्टको २० औं वार्षिकोत्सवको अवसरमा आइतबार वृक्षरोपण गरिएको छ । पोखरा महानगरपालिका वडा नं. ११ काहुँडाँडामा १० प्रजातीका करिब १ सय ५० बिरुवा रोपिएको कलेजका बिबिए कार्यक्रम संयोजक सरोज कुँवरले बताए ।
कलेज व्यवस्थापन समितिका अध्यक्ष विनोद कायस्थ, सञ्चालक प्रान्जल कायस्थ र प्राचार्य लिना नेगी श्रेष्ठले संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गरे । कार्यक्रममा शिक्षक, कर्मचारी र विद्यार्थीहरुको उल्लेख्य सहभागिता थियो ।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी २०५८ मा स्थापित यस कलेजले हाल स्नातक तहमा बिबिए र बिसिआइएस (आइटी) कार्यक्रमको अध्यापन गराउँदै आइरहेको छ । यस कलेजबाट हालसम्म ४ हजारभन्दा बढी विद्यार्थीहरुले अध्ययन पूरा गरी उद्योग, बैंक, इन्सुरेन्स, पर्यटन, प्राध्यापन, सूचना प्रविधि कम्पनी लगायतका क्षेत्रमा कार्य गरिरहेको सह प्राचार्य इन्जिनियर हरिप्रसाद बरालले बताए ।
Related News
सम्बन्धित समाचार
डिज्नील्याण्डमा विद्यार्थी सम्मान
अब पोखरामै सौन्दर्य शास्त्र र फेसन डिजाइनको पढाइ
रितिकाले ल्याइन् ४.० जिपिए
एसइई परीक्षाको नतिजा सार्वजनिक, साढे ९ हजारको उच्च श्रेणी
२ लाखको अक्षयकोष स्थापना
hero news full width
मुख्य समाचार
संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
श्रावण २५, २०७९पोखरामा मनाइयो विश्व आदिवासी दिवस
श्रावण २५, २०७९किताब पढ्नु र पास हुनुुमात्र शिक्षा होइन
श्रावण २४, २०७९चुनावकाे मुखमा कर बढाउन किन हौसिए गण्डकीका अर्थमन्त्री बराल ?
श्रावण २४, २०७९नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुटिसक्यौं : सदस्यसचिव घिसिङ
श्रावण २३, २०७९