पोखरा । लागुपदार्थ दुव्यर्सनमा परी उपचार्थ पुनस्र्थापना केन्द्रमा रहेका महिला तथा पुरुष सेवार्थीका लागि नौलो घुम्ती नेपालले ‘पुनर्जीवनको लागि टेबलटेनिस परियोजना’ सुरु गर्ने भएको छ ।
शुक्रबार आयोजित कार्यक्रममा स्पोट्र्स फर अल नेपाल अध्यक्ष विष्णुगोपाल श्रेष्ठले टेबुलटेनिस सबै उमेर समूह र सानो क्षेत्रमा पनि खेल्न सकिने खेल भएकोले जानी–नजानी दुव्र्यसनमा फसेका युवालाई पुनर्जीवन दिन निकै फलदायी हुने बताए ।
संस्थाका कार्यकारी निर्देशक अनेश गुरुङले खेलकुदको माध्यमबाट प्रतिवर्ष २ सय जनालाई नयाँ जीवन दिइने लक्ष रहेको बताए । कार्यक्रममा प्रदेश खेलकुद परिषद् गण्डकीका बोर्ड सदस्य दिलबहादुर गुरुङ, संस्थाका पूर्व अध्यक्ष तथा सबैको लागि खेलकुदका गण्डकी प्रदेश अध्यक्ष खड्गबहादुर रानाभाट, संस्थाका कार्यकारी निर्देशक अनेश गुरुङले बोलेका थिए ।
करिब ३ वर्ष संचालन हुने सो परियोजनामा अन्तर्राष्ट्रिय टेबुलटेनिस फाउन्डेसन रड्रिम बिल्डिङ फन्डको आर्थिक सहयोग र कास्की जिल्ला टेबुलटेनिस संघ, रिकभरी नेपाल र नेपाल प्रहरीको प्राविधिक सहयोग रहने छ । कास्की जिल्ला टेबुल टेनिस संघ उत्तम जोशी अध्यक्षले संघले प्रशिक्षण तथा रिपोर्टिङमा सहकार्य गर्न सकिने बताए ।
नौलो घुम्ती नेपालका वरिष्ठ उपाध्यक्ष बद्रीविनोद प्रतीकको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत महासचिव मंगलबहादुर नेपाली र संचालन कार्यक्रम संयोजक ओमकृष्ण गुरुङले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
लोकतान्त्रिक खेलकुदको बधाई
‘नवौं राष्ट्रिय खेलको मिति परिवर्तन हुँदैन’
प्रदेश खेलकुद परिषद्को प्रशासनिक भवन उद्घाटन
नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुटिसक्यौं : सदस्यसचिव घिसिङ
हेमजा गोल्डकपबाट १० लाख बचत
hero news full width
मुख्य समाचार
संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
श्रावण २५, २०७९पोखरामा मनाइयो विश्व आदिवासी दिवस
श्रावण २५, २०७९किताब पढ्नु र पास हुनुुमात्र शिक्षा होइन
श्रावण २४, २०७९चुनावकाे मुखमा कर बढाउन किन हौसिए गण्डकीका अर्थमन्त्री बराल ?
श्रावण २४, २०७९मदन पुरस्कारका लागि उत्कृष्ट ८ पुस्तक सार्वजनिक
श्रावण २३, २०७९