पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश बदल्न राजनीतिमा होमिएको स्पष्ट पारेका छन् ।
पोखरामा शनिबार आयोजित गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले आफू देश बदल्न र अहिलेका नेताहरुलाई जेल हाल्न राजनीतिमा आएको बताए । उनले अख्तियारमा लुकाएर राखिएका फाइल टक्टक्याउन आफू राजनीतिमा आएको भन्दै मंसिरको चुनाव अधैर्य साथ पर्खिएको बताए ।
आफूहरुलाई मंसिरको चुनावको तीव्र प्रतीक्षा रहेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले ज्योतिष हेराएर तोक्ने चुनावको मितिले जनताको भाग्य खोल्ने दाबी गरेका छन् ।
लामिछानेले भने, ‘तिम्रा ज्योतिष देखाएर मिति तोक । ज्योतिषा तिम्रो हुनेछ, भाग्य हाम्रो खुल्नेछ । ज्योतिषले मिति तोक्नेछन्, जनताले भाग्यको फैसला गर्नेछन् । सबै ग्रहले हाम्रो लागि काम गर्नेछन् । यो देश बदलिनेछ ।’
भेलामा पार्टीका प्रवक्ता डा मुकुल ढकाल, जीता बराललगायत विभिन्न जिल्लाका सहभागीले स्वतन्त्र पार्टी अभियानबारे धारणा राखेका थिए ।
पोखरा सभागृहमा भएको भेलामा उल्लेख्य संख्यामा मानिसको उपस्थिति थियो ।
चर्चित संचारकर्मी रहेका रवि लामिछाने संचारकर्मबाट हालै राजनीतिमा होमिएका हुन् ।
Related News
सम्बन्धित समाचार
चुनाव घोषणापछि एमाले सक्रिय : वर्षदिन अघि सरकार बन्यो, अहिले पो विरोध ?
‘केपी ओली सत्तामा आउने बाटो सकियो’
नेपालको छलफल दिल्लीमा गर्ने होइनः बिजुक्छे
गठबन्धनका एउटै निर्वाचन चिन्ह !
राष्ट्रिय खेलकुदमा भूमिका खोज्दै लोकतान्त्रिक खेलकुद
hero news full width
मुख्य समाचार
संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
श्रावण २५, २०७९पोखरामा मनाइयो विश्व आदिवासी दिवस
श्रावण २५, २०७९किताब पढ्नु र पास हुनुुमात्र शिक्षा होइन
श्रावण २४, २०७९चुनावकाे मुखमा कर बढाउन किन हौसिए गण्डकीका अर्थमन्त्री बराल ?
श्रावण २४, २०७९नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुटिसक्यौं : सदस्यसचिव घिसिङ
श्रावण २३, २०७९