२ लाखको अक्षयकोष स्थापना

आदर्श समाज सम्वाददाता
श्रावण ६, २०७९
school

म्याग्दी । यहाँका एक व्यक्तिले दिवंगत श्रीमती र छोराको सम्झनामा विद्यालयमा २ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।

रघुगंगा गाउँपालिका–६, स्थित कोटगाउँ घर भई हाल बेनी निवासी समाजसेवी क्याप्टेन मनबहादुर पुनले दिवंगत श्रीमती रबिसरा र माइला छोरा मनप्रसाद पुनको सम्झनामा सोही कोटगाउँस्थित जनआदर्श आधारभूत विद्यालयमा सो रकम बराबरको अक्षयकोष स्थापना गरेका हुन् ।

बेनी क्याम्पसचोकस्थित एमके कम्प्लेक्सका संचालक समेत रहेका समाजसेवी क्याप्टेन पुनले उक्त रकम बिहीबार एक कार्यक्रमबीच विद्यालय व्यवस्थापन समिति अध्यक्ष भाईबहादुर पुन र विद्यालयकी प्रअ फमाया पुनलाई हस्तान्तरण गरे।

विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेनदार विद्यार्थीलाई सहयोग पुगोस् भन्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको समाजसेवी क्याप्टेन पुनले बताए । विव्यस अध्यक्ष पुनका अनु्सार सो रकम मुद्दतिमा जम्मा गरिएको छ । उक्त रकमबाट आउने ब्याजबाट विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेनदार विद्यार्थीको पढाइमा खर्च गरिनेछ । कक्षा ५ सम्म पढाइ हुने सो विद्यालयमा २५ जना विद्यार्थी अध्ययनरत छन् ।

Related News

सम्बन्धित समाचार

  • डिज्नील्याण्डमा विद्यार्थी सम्मान

    आदर्श समाज सम्वाददाता श्रावण १७, २०७९
    पोखरा । एसइई–२०७८ को नतिजामा कास्कीमा सर्वोत्कृष्ट नतिजा हासिल गरेको डिज्नील्याण्ड एकेडेमीले सोमबार विद्यार्थीको सम्मान गरेको छ । विद्यालयकी छात्रा…
  • पिसिएमको वार्षिकोत्सवमा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १५, २०७९
    पोखरा । पोखरा कलेज अफ म्यानेजमेन्टको २० औं वार्षिकोत्सवको अवसरमा आइतबार वृक्षरोपण गरिएको छ । पोखरा महानगरपालिका वडा नं. ११…
  • अब पोखरामै सौन्दर्य शास्त्र र फेसन डिजाइनको पढाइ

    आदर्श समाज सम्वाददाता श्रावण १५, २०७९
    पोखरा, १५ साउन । पोखरा युनाइटेड एकेडेमीले सौन्दर्यशास्त्र र फेसन डिजाइनको पढाइ सुरु गर्ने भएको छ । पोखरा– १२ भद्रकाली…
  • रितिकाले ल्याइन् ४.० जिपिए

    आदर्श समाज सम्वाददाता श्रावण १२, २०७९
    पोखरा । पोखराको मासबारस्थित डिज्नील्याण्ड एकेडेमीकी रितिका पोखरेलले एसइईमा ४.० जिपिए ल्याउन सफल भएकी छन् । उनको सिम्बोल नम्बर ०४१०९६०६टि…
  • एसइई परीक्षाको नतिजा सार्वजनिक, साढे ९ हजारको उच्च श्रेणी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०७९
    पोखरा । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । बुधबार बसेको बोर्डको…

hero news full width