भाइरल रोडमा सडक दुर्घटना कम गर्न डिभाइडर

आदर्श समाज सम्वाददाता
श्रावण ४, २०७९
street

हेमजा। पोखरा बाग्लुङ राजमार्ग स्तरोन्नति गरी मध्यपहाडी लोकमार्ग निर्माण गरेसँगै हेमजा खण्डमा झनै दुर्घटना बढ्दै गएको ठहर गर्दै पोखरा २५ वडा कार्यालयले सडक दुर्घटना घटाउन डिभाइडर हस्तान्तरण गरेको छ ।

वडाध्यक्ष मोतिराज तिम्सिनाले ट्राफिक प्रहरी पोस्ट बगरका प्रमुख प्रहरी नायव निरीक्षक मीनबहादुर खड्का नेतृत्वको टोलीलाई ८ थान हिलटेक हस्तान्तरण गरेका हुन् । जसको मूल्य प्रतिथान १८ हजार रुपैयाँ पर्छ ।

प्रहरीले मंगलबार नै सुइँखेतस्थित अम्बिका मावि तथा तल्लो हेमजास्थित बुद्धचोक क्षेत्रको राजमार्गमा उक्त हिलटेक पनि राखिसकेको छ ।
सो स्थानमा पूर्व २ लेनको सडकलाई मध्यपहाडीसँगै दुर्वतर्फ ३ लेन गरी कुल ६ लेन बनाइएको छ । जसकारण सडक सहजतासँगै चालक र पैदल यात्रुको लापरबाहीका कारण दैनिक दुर्घटना बढ्दै गएको वडा सदस्य सुवास भण्डारीले बताए । उनले स्तरान्नतिसँगै सडकमा सेवाको साथमा जोखिम बढेको समेत औंल्याए ।

कार्यालयले अझै स्थानीय फेदी, चाक्लेकुला (प्रगतिचोक), सापकोटाचोक र याम्दी क्षेत्रमा हिलटेक राख्नुपर्ने जनाइएको छ । दिनकै ५÷६ वटासम्म दुर्घटना हुने गर्दा जनधनको क्षति बढेकाले आवश्यक सावधानी अपनाइएको वडाले भनेको छ ।

वडा प्रहरी कार्यालय बगर प्रमुख प्रहरी निरीक्षक महेशकुमार आचार्यले दुर्घटना बढ्नुको कारण तीब्र गति र मादक पदार्थ सेवन भएको उल्लेख गरे ।
वडाले जनप्रतिनिधि, राजनीतिक दल, रेडक्रस, सामुदायिक प्रहरीका प्रतिनिधि, पत्रकार तथा नागरिक समाजको रोहवरमा पहिलो चरणमा हिलटेक हस्तान्तरण गरेको हो । वडाध्यक्ष तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन वडाका कर्मचारी ईश्वरी बास्तोलाले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width