विश्वस्तरको पढाइमा जोड दिंदै फिस्टेल

आदर्श समाज सम्वाददाता
श्रावण १, २०७९
fishtain ~Chairman Chinu Ranabhat 2

पोखरा । ओपन डे नाम दिएर पोखराको फिस्टेल एकेडेमीले शनिबार विद्यालय परिसरमा एक कार्यक्रम आयोजना गरेको छ ।

विद्यालयमा ११ कक्षामा भर्ना हुन चाहने विद्यार्थीलाई लक्षित गरी आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक र उक्त विद्यालयको पठनपाठन र भौतिक संरचनाबारे जानकारी लिन चाहने आगन्तुकको उपस्थिति थियो । साइन्स र म्यानेजमेन्ट विथ कम्प्युटर साइन्सको पढाइ ११ कक्षामा हुने विद्यालयका संस्थापक अध्यक्ष चिनु रानाभाटले जानकारी दिए ।

यसप्रकारको कार्यक्रम विद्यालयले दोस्रो पटक आयोजना गरेको र गत जेठमा आयोजित पहिलो कार्यक्रममा नेपाली चलचित्रजगत्का महानायक राजेश हमाल उपस्थित रहेको अध्यक्ष रानाभाटले सुनाए । शनिबार आयोजित कार्यक्रममा हस्तकला र घरेलु प्रयोगका सामग्री प्रदर्शनी, कला, खेल र खानासम्बन्धी स्टल समावेश थिए । नाचगान, संगीत र रमाइला गतिविधि पनि सो अवसरमा समेटिएको थियो । भर्ना हुन चाहने विद्यार्थीको प्रि–रजिस्ट्रेसन पनि गरिएको थियो ।

२०५१ सालमा स्थापित फिस्टेल हाल पोखरा–१७, तल्लो बिरौटामा सुविधासम्पन्न संरचनामा संचालित छ

२०५१ सालमा स्थापित फिस्टेल हाल पोखरा–१७, तल्लो बिरौटामा सुविधासम्पन्न संरचनामा संचालित छ । ३ सय कामदारलाई २ सिफ्टमा काम लगाएर कोभिडबीच २० महिनामा यो भवन तयार गरिएको हो । विद्यालयले खेलमैदान सहित कुल ४३ रोपनी ओगटेको छ । जग्गाको मूल्य बाहेक १ अर्ब रुपैयाँ लागतमा संरचनाहरु निर्माण गरिएको अध्यक्ष रानाभाटले जानकारी दिए । १ देखि १२ कक्षासम्मको पढाइ हुने विद्यालयमा विविध विषय र फ्याकल्टीका ७ ओटा ल्याब, डाक्टरसहितको स्वास्थ्य कक्ष, पुस्तकालय, नाच, नाटक र संगीतका लागि अलग अलग कक्षहरु, ३ सय भन्दा बढी मानिस एकै पटक बसेर खान सकिने डाइनिङ हल लगायत सुविधा छन् । कक्षा कोठाहरु चौडा र पर्याप्त प्रकाश छिर्नेखालका छन् । पाँचतारे होटलको झल्को दिने विद्यालय भवन, फरक ब्लकमा प्रशासनिक भवन, फुटबल, लनटेनिस, बास्केटबलका लागि आवश्यक मैदान र कोर्टहरु तथा पौडीका लागि पोखरी समेत यहाँ छ ।

प्रोग्रेसिभ टिचिङको अवधारणामा संचालित विद्यालयले मास बेस अर्थात् विद्यार्थी संख्याभन्दा पनि पढाइको गुणस्तर र क्रियाकलापजन्य शिक्षामा बढी जोड दिएको अध्यक्ष रानाभाटले बताए । अन्तक्र्रियात्मक, छलफलयुक्त र व्यावहारिक शिक्षा यहाँ प्रदान गरिने विद्यालयको दाबी छ । ‘पहिला गुणस्तरीय र विश्वस्तरको पढाइका लागि विदेश जानु पथ्र्यो,’ अध्यक्ष रानाभाटले भने ‘अब विकल्प यहीं तयार भएको छ ।’

विद्यालयमा अमेरिका, जापान, चीन, ताइवान लगायत देशका बच्चाहरु समेत पढ्ने गरेको जनाइएको छ । विश्वस्तरको सुविधासहित संचालित विद्यालयमा काठमाडौं र भारतका शिक्षक–शिक्षिका समेत छन् । टिचिङ र नन–टिचिङ गरी १ सयभन्दा बढी शिक्षक–शिक्षिका र कर्मचारी विद्यालयमा रोजगाररत् छन् । यहाँ ५ सय विद्यार्थी पढ्छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width