प्रहरीद्वारा निर्धात कुटपिट

आदर्श समाज सम्वाददाता
असार ३०, २०७९
lamjung police 2

लमजुङ । प्रहरीले रातको समयमा घरमै गएर महिलामाथि निर्घात कुटपिट गरेपछि महिलाहरू आक्रोशित हुँदै न्याय माग गरेका छन् । बेंसीसहर–८ दनाई फाँटस्थित दुलाल टोलकी २ छोराकी आमा ३५ वर्षीया सवला दुलाललाई प्रहरीले निर्घात कुटपिट गरी गम्भीर घाइते बनाएको हो ।

घाइतेको थप उपचारका चितवन रेफर गरिएको छ ।

‘शुक्रबार राति करिब १० बजे १२ वर्षको कान्छो छोराले पढेन भनेर उस्लाई गाली गर्दै बसिरहेको समयमा एक्कासि प्रहरी भ्यान आयो । गस्तीमा आएका ४/५ जना प्रहरीले बोलाए । किन ? भन्दै नजिक पर्नासाथ कञ्चनमा चड्काए र तान्न खोजे,’ पीडित महिलाले भनिन्, ‘बिनाकारण किन जाने, जान्नँ भने । छातीमा समातेर रोडमा फ्याँके । प्रहरीले दुईतिर पाखुरामा समाउँदै रोडमा घिसार्दै भ्यानमा कोचे ।’

उनले भनिन्, ‘पिट्दै जिल्ला प्रहरी कार्यालय पुर्‍याए । भ्यानबाट ओरालेपछि पनि पिट्ने काम रोकिएन । मैले मेरो के विराम छ र ? भन्दा पनि अझ बोल्छस् भन्दै कुटिरहे । बेहोस् भएर ढलेछु । कति बेला होसमा आएँ थाहा भएन ।’ उनले बिहान रिमरिमे उज्यालो हुने बेलामा जा तेरो भरमा भनेर छाडेको बताए । उनको शरीरमा प्रहरीको कुटाइले नीलडाम छ । छिमेकीको सल्लाहमा अस्पताल भर्ना गरिएको हो ।

उनलाई हस्पतालमा कुरेर बसेकी भाइबुहारी बिना अछामील् प्रहरीले घोर अन्याय गरेको हुँदा न्याय चाहिने बताउँछन् ।

यस घटनाबारे जानकारी दिन पीडित पक्षको एक प्रतिनिधि मण्डल जिल्ला प्रहरी कार्यालय गएको थियो । त्यहाँ प्रहरीका प्रमुखबाट जुनियर स्टाफबाट कमजोरी भएको रहेछ, उपचार खर्च लगायतको कारबाही गर्नुपर्ने सबै गर्छौं भन्ने प्रतिवद्धता व्यक्त भएको पीडितका भिनाजु रणसिंह नेपालीले बताए ।

यसबारे जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्दा महिला कुटिएको खबर आएको र अनुसन्धान बाँकी भएकोले अहिले नै केही भन्न नसक्ने प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीले बताए ।

Related News

सम्बन्धित समाचार

  • नवलपुरमा २५ सय हेक्टर वन सखाप

    रामकुमार श्रेष्ठ वैशाख १४, २०८१
    नवलपुर । नवलपुर जिल्लामा यस वर्ष १ सय बढी सामुदायमा आधारित वनमा आगलागी भएको छ । डिभिजन वन कार्यालय नवलपुरका…
  • गण्डकीमा डायलासिसका लागि अब पालो कुर्न नपर्ने

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेशमा डायलासिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिको संख्या शून्यमा झार्ने लक्ष्य पूरा भएको छ । बुधबार गण्डकी…
  • अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । चैत २५ मा एमालेका खगराज अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरे । त्यसको पर्सिपल्ट कांग्रेसका सुरेन्द्रराज…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…
  • गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । गण्डकीमा संविधान मिचेर मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै दायर गरिएको रिटको सुनुवाई  सपना प्रधान मल्ल र सारंगा सुवेदीको बेञ्चमा…

hero news full width