स्याङ्जा । बाइसे राज्यअन्तर्गतको तत्कालीन नुवाकोट दरबारका गढी, चौतारा र पुराना टुँडीखेल नेपाली सेनाले संरक्षण गरी हस्तान्तरण गरेको छ । फेदीखोला गाउँपालिका र पुतलीबजार नगरपालिका ५ को सिमानामा पर्ने ऐतिहासिक, धार्मिक तथा पुरातात्विक दृष्टिकोणले महत्वपूर्ण रहेको नुवाकोटमा द्रुत प्रभाव परियोजनाअन्तर्गत विनियोजित १५ लाख रुपैयाँको लागतमा संरक्षण कार्य सम्पन्न गरिएको आँधीखोला ब्यारेक समरजीत गुल्मपति एवं सेनानी अशोक मल्लले जानकारी दिए ।
सेनानी मल्लका अनुसार नेपाली सेनाको सिमिक कार्यक्रम अन्तर्गत नुवाकोट गढीको मर्मत सम्भार, चौतारी पुनर्निर्माण, पुरानो टुँडीखेलको परिधिमा जालीबारसहित गेट निर्माण गरिएका छन् । चैतको अन्तिम सातादेखि निर्माण कार्य सुरु गरिएको थियो भने सम्पन्नपश्चात् शुक्रबार आयोजित एक औपचारिक कार्यक्रममार्फत हस्तान्तरण गरिएको हो ।
मध्य कमाण्ड सेनापति उपरथी बाबुराम श्रेष्ठले उद्घाटन गर्दै ऐतिहासिक एवं धार्मिक थलोको संरक्षणको जिम्मा दिएका हुन् । उद्घाटनपछि कालभैरव पुरातात्विक मन्दिर तथा नुवाकोटगढी व्यवस्थापन समितिका अध्यक्ष नरकाजी गुरुङलाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा सेनापति उपरथी बाबुराम श्रेष्ठ, बाहिनीपति सहायकरथी प्रेम पुन, पुतलीबजार नगर उपमेयर देवी अर्याल, ३ नम्बर बाहिनी सहायक बाहिनीपति महासेनानी विष्णु कार्की, समरजीत गुल्मका उपसेनानी भगीरथ बुढाक्षेत्री, पुतलीबजार ५ का अध्यक्ष अर्जुनकुमार कार्की, प्राडा दिलबहादुर क्षत्रीलगायतले बोलेका थिए ।
मन्दिर व्यवस्थापन समितिले सेनापति उपरथी बाबुराम श्रेष्ठ, बाहिनीपति सहायकरथी प्रेम पुन, स्याङ्जाका गुल्मपति सेनानी अशोककुमार मल्ललाई सम्मान गरेको थियो ।
नेपाली सेनाको ब्यवस्थापनमा २०७८ चैत २४ गते सुरु भएको सो निर्माण कार्य सम्पन्न भएपछि २०७९ असार १७ मा उद्घाटनसहित हस्तान्तरण भएको हो । नुवाकोट दरबार क्षेत्र अहिले धार्मिक, पर्यटनको नमूना स्थल बनेको छ ।
Related News
सम्बन्धित समाचार
ठाडोभाका लोककला प्रतिष्ठानमा नवराज पहाडी
सामुदायिक सेवाको भूमिका प्रशंसनीय : मन्त्री थापा
लक्ष्य बढी मुद्दा फछ्र्यौट
गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
कालीगण्डकी दोहन रोक्न साझा पहल
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९