राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनमा विष्णु

आदर्श समाज सम्वाददाता
असार ११, २०७९
Rpp mahila

पोखरा, ११ असार राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन कास्की अध्यक्षमा विष्णु कार्की सर्वसम्मत निर्वाचित भएकी छिन् ।
पोखरामा शनिबार आयोजित जिल्ला अधिवेशनबाट उपाध्यक्षमा सीता जिसी, सविरा खातुन, सरला पौडेल, सुष्मा त्रिपाठी र चन्द्रा गुरुङ निर्वाचित भइन् । सचिवमा सुमिता श्रेष्ठ, प्रनिषा पौडेल र उषा माता छन् भने संगठन प्रवक्तामा कमला भण्डारी चापागार्इं चयन भइन् ।

कोषाध्यक्षमा विष्णुकुमारी गुरुङ, सहकोषाध्यक्षमा दुर्गादेवी राना, कुमारी हमाल, सदस्यमा निर्मला बास्तोला, पुष्पा मल्ल ठकुरी, शान्ति भट्टराई सुवेदी, सुकमाया सार्की, गीता लामिछाने, भवानी जलारी, माता भण्डारी, जमुना भण्डारी, मनमाया थापा, गंगा सुनार र सीता विश्वकर्मा रहेकी छिन् ।

राप्रपा गण्डकी अध्यक्ष पञ्चराम गुरुङको प्रमुख आतिथ्यमा भएको अधिवेशनमा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनका केन्द्रीय अध्यक्ष अञ्जना शाह रावल, पार्टीका जिल्ला अध्यक्ष नारायण गुरुङ लगायतका नेताहरुको उपस्थिति रहेको राप्रपा कास्की प्रवक्ता अरुण गिरीले जानकारी दिए ।

नवनिर्वाचित अध्यक्ष कार्कीले कास्कीका सबै स्थानीय तह र वडा तहस्तरमा संगठनलाई विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
पार्टीका गण्डकी अध्यक्ष पञ्चराम गुरुङले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिए । राप्रपालाई अघि बढाउन महिलाको उल्लेख्य योगदान रहेको उनले बताए । संगठनका केन्द्रीय अध्यक्ष रावलले आगामी ३ महिनाभित्र संगठनको केन्द्रीय अधिवेशन सम्पन्न गर्ने बताइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width