प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनामा कृष्ण

आदर्श समाज सम्वाददाता
असार १, २०७९
dav

dav

पोखरा । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना सञ्चालक समन्वय समिति कास्कीको तेस्रो साधारणसभा तथा अधिवेशनबाट कृष्णप्रसाद तिवारीको संयोजकत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ । समिति सदस्यमा चित्रादेवी भट्टराई, बलराम तिमिल्सिना, चन्द्रप्रसाद पौडेल, लालप्रसाद पौडेल, ईश्वरीप्रसाद लामिछाने, चन्द्रकान्त तिवारी, फणीन्द्रप्रसाद पौडेल र भजवती बजगाईं छन् ।

पोखराका वडा ३३ र क्षेत्र बिस्तार गरिएका गाउँपालिकाका गरी ९ वटा क्लस्टर छनोट भएका ३ जना प्रतिनिधिमार्फत सर्वसम्मत रुपमा ९ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका नवनिर्वाचित प्रमुख लीलाधर पौडेलले किसानका लागि अनुदानसँगै सीप र प्रविधिको सहज उपलब्धता गराउनु पर्ने धारणा राखेका थिए ।

कार्यक्रममा गण्डकी प्रदेश कृषि विकास कार्यालयका निर्देशक बासुदेव रेग्मी, कृषक समूह महासंघ गण्डकी उपाध्यक्ष चित्रनाथ पौडेल, कृषि विज्ञ वेनी बस्नेत, वीरेन्द्र हमाल, नेपाल बिउ व्यवसायी संघ गण्डकी प्रदेश अध्यक्ष कुलप्रसाद सुवेदी, लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष गोपीचन्द्र बस्तोला, पोखरा महानगरपालिका कृषि तथा पशुपंक्षी महाशाखा प्रमुख मनहर कडरियाले आफ्नो धारणा राखेका थिए । सञ्चालक समिति अध्यक्ष कृष्णप्रसाद तिवारीले पेस गरेको प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा भावी योजना सर्वसम्मति पारित गरेको थियो ।

निर्वाचनका लागि महानगरका कृषि विकास अधिकृत मनहर कडरिया संयोजक रहेको समितिले सदस्यमा कृषि अधिकृत निशा कँडेल, सामाजिक विज्ञ गोविन्द श्रेष्ठ थिए । समिति सचिव डेबिड गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए । कृषि क्षेत्रको व्यावसायिकरण, यान्त्रीकरण र बजारीकणरमार्फत कृषिको आधुनिकरण लक्ष्यका साथ २०७३ सालमा स्थापित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कास्कीमा तरकारी सुपरजोनका रुपमा सञ्चालित छ ।

Related News

सम्बन्धित समाचार

hero news full width