माझठानाका कृषकलाई तालिम

आदर्श समाज सम्वाददाता
चैत्र २१, २०८०
Majhathana

पोखरा । पोखरा २८, माझठानामा एकीकृत शत्रुजीव (आइपिएम) तालिम भएको छ । कृषि ज्ञान केन्द्र, कास्कीको आर्थिक सहयोगमा गत २ मंसिरदेखि सुरु तालिम १९ चैतसम्म चलेको थियो । तालिममा पोखरा २८ देउराली आइपिएम कृषक पाठशालामा सम्बद्ध कृषक समूहलाई विशेषगरी आलु बाली एवं बेमौसमी बाली लगाउने तरिकाबारे सिकाइएको कृषि ज्ञान केन्द्रका कास्कीका प्रमुख किरण सिग्देलले बताए ।

समापन समारोहमा वडाध्यक्ष श्रीकृष्ण लामिछानेले वडाको खेतबारी कृषि उत्पादनको लागि महत्वपूर्ण उर्बराभूमि भएको बताउँदै सबैको जनजीविकाको मुख्य आधार कृषि भएको बताए ।

कृषि ज्ञान केन्द्र कास्कीका प्रमुख किरण सिग्देलले तालिममा सिकेका कुरा व्यवहारमा लागु गर्न आग्रह गर्दै आवश्यकता अनुसार कृषि ज्ञान केन्द्र कास्कीले सहयोग गर्ने बताए ।
कृषि ज्ञान केन्द्रका वरिष्ठ प्रशासन सहायक सोमलाल तिवारीले देउराली कृषक समूह कृषि ज्ञान केन्द्रसँग जोडिन सफल भएकोमा खुसी व्यक्त गरे ।

समूहका अध्यक्ष शान्ति ढुंगानाको अध्यक्षतामा कार्यक्रममा पोखरा २८ का वडा सदस्य डाल्डादेवी भुजेल, आइपिएम सहजकर्ता मुक्तिनाथ पौडेल, समूह सचिव राधिका तिमिल्सिना, कोषाध्यक्ष सिर्जना तिमिल्सिना तिवारी लगायतले बोलेका थिए । सो अवसरमा सचेतनामूलक गीत एवं नाटक प्रस्तुत गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width