स्याङ्जा । पुतलीबजार नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई हरित पुनरुत्थान परियोजनाबारे जानकारी गराइएको छ ।
संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक एवं प्राविधिक सहयोग तथा सूर्योदय क्लबको व्यवस्थापनमा हरित पुनरुत्थान तथा कोभिड १९ प्रतिकार्य पहल परियोजनाबारे जानकारी गराइएको हो ।
परियोजना विगत ३ वर्षदेखि पुतलीबजारका १४ वटै वडामा सञ्चालन भइरहेको छ । परियोजनाले कोभिड १९ को महामारीबाट पुतलीबजार नगरपालिकामा सामाजिक र आर्थिक रुपमा गम्भीर प्रभावित भएका विशेष गरी महिला, युवा, अशक्त व्यक्तिका जीवनस्तरमा सुधार ल्याउने काम गरिरहेको छ ।
कृषिसँग सम्बन्धित परियोजनाले किसानहरुका उद्यमशीलता र प्राविधिक क्षमता वृद्धि गरी बजारीकरणको विधि, उपकरणमा सहयोग र नयाँ सोचसहित व्यवसायमा संलग्न गराई ब्यवसायमा जोड दिनु परियोजनाको मुख्य उद्देश्य रहेको र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका गण्डकी लुम्बिनी प्रदेश प्रमुख सुदीप अर्यालले जानकारी दिए ।
परियोजनाअन्तर्गत कृषि उत्पादन र पशुधन, उद्यम विकास, उद्यमशीलता, व्यवसाय प्रवद्र्धन तथा नवप्रर्वतन केन्द्रको स्थापना, जीविकोपार्जन सुधारको लागि इको टुरिजम प्रवद्र्धन, प्रशोधन केन्द्र निर्माण, कमजोर एवं विपन्न समुदायको लागि जीविकोपार्जनमा सुधार, माटो परीक्षण केन्द्र स्थापना आदि काम गरिने कार्यक्रम संयोजक पूजा अर्यालले जानकारी दिइन् ।
किसानका लागि बजार मूल्य र उत्पादित उपजको बजारीकरण, बजार मूल्यमा समेत पालिकाले सहयोग गर्ने नगरप्रमुख तुलसीराम रेग्मीले प्रतिबद्धता जनाए । कार्यक्रममा प्रधानमन्त्री सुन्तला सुपरजोन कार्यालय प्रमुख माधव लम्साल, प्रमुख प्रशासकीय अधिकृत रमेश घर्ती, सूर्योदय क्लबका अध्यक्ष अनन्तकुमार श्रेष्ठ, वडा अध्यक्ष अग्निप्रसाद पौडेल, सहजकर्ता भावना शर्मालगायतले सुझाव व्यक्त गरेका थिए ।
Related News
सम्बन्धित समाचार
विद्यालयलाई फर्निचर सहयोग
ढिलै भए पनि बजेट परिष्कृत आउँछः मन्त्री खड्का
घर भत्किएर पुरिंदा बालिकाको मृत्यु, दाइ घाइते
डाइभर्सन बगाउँदा सडक अबरुद्ध
समाचारमा मानवअधिकार ख्याल गर्न सुझाव
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९