सेभेन ए साइड प्रतियोगिता सुरु

आदर्श समाज सम्वाददाता
जेठ ८, २०७९
7a side

पोखरा । जनएकता युवा क्लबको आयोजनामा शनिबारदेखि क्लबस्तरीय प्रथम सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ ।

पोखरा–१४ स्थित रामेश्वरी माविको खेलमैदानमा भएको प्रतिस्पर्धामा शनिबारको पहिलो खेलमै आयोजक स्तब्ध बन्न पुगेको छ । जनएकता क्लब उद्घाटन खेलमा स्थानीय मेरो नेपाल युवा क्लबसँग ३–२ गोलअन्तरले पराजित हुन पुग्यो । जनएकताका लागि सविन गुरुङ र रोशन न्यौपानेले गोल गरेका थिए । मेरो नेपालको लागि विनय सुनार, विनय थापा र अर्जुन खत्रीले गोल गरेका थिए ।

प्रतियोगिताको गण्डकी खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले उद्घाटन गरे । ४६ क्लबको सहभागिता रहेको प्रतियोगिता विजेताले १ लाख ११ हजार र उपविजेताले ६१ हजार १ सय रुपैयाँ प्राप्त गर्ने छन् ।

उत्कृष्ट खेलाडीले ५ हजार तथा उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्तालाई जनही ३ हजार रुपैयाँ प्रदान गरिने छ । क्लब अध्यक्ष बेववृजन खड्काको अध्यक्षतामा भएको उद्घाटन समारोहमा सचिव घनश्याम अधिकारी (श्याम) ले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेश स्क्वास ‍¥याकेट संघमा रञ्जित

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेश स्क्वास तथा ‍र्‍याकेट संघको अध्यक्षमा अशोक रञ्जित सर्वसम्मत निर्वाचित भएका छन् । संघको पोखरामा बिहीबार सम्पन्न…
  • खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । सहारा क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा ‘खेल्छ गण्डकी’ मार्फत् सहारा एकेडेमीमा सञ्चालन भएको १४…
  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…

hero news full width