शुक्लागण्डकी नगरपालिकामा कांग्रेसको अग्रता

रासस
वैशाख ३१, २०७९
Mat Ganana

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । सार्वजनिक मतपरिणामअनुसार नगरप्रमुखमा काङ्ग्रेस उम्मेदवार कृष्णराज पण्डितले ५०९ मत प्राप्त गर्नुभएको छ ।

गठबन्धनका तर्फबाट उप्रमुखका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का खुमबहादुर विकले ३५४ मत प्राप्त गर्नुभएको छ । नेकपा (एमाले) बाट प्रमुखका उम्मेदवार मुक्तिनाथ तिमिल्सिनाले ३८९ र उपप्रमुख उम्मेदवार फूलमाया वाग्लेले ३९० मत प्राप्त गर्नुभएको छ ।

हालसम्म शुक्लागण्डकी नगरपालिका वडा नम्बर १, २, ३ र ४ को एक हजार मतगणना सकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । शुक्लागण्डकी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच गठबन्धन भएको छ ।

यस्तै म्याग्दे गाउँपालिकामा एमालेका अध्यक्ष उम्मेदवार श्रीप्रसाद श्रेष्ठले मतान्तर बढाउनुभएको छ । वडा नम्बर १, २ र ३ को दुई ६८१ मतगणना सकिँदा श्रेष्ठले एक हजार ३५६ मत प्राप्त गर्नुभएको छ ।

नेपाली कांग्रेसका अध्यक्ष उम्मेदवार मायादेवी रानाले ९६० मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा भने कांग्रेस उम्मेदवार बालकृष्ण घिमिरेको अग्रता कायमै छ । घिमिरेले एक हजार २६७ मत प्राप्त गर्दा एमालेकी रत्नादेवी घिमिरेले एक हजार ६७ मत प्राप्त गर्नुभएको छ ।

घिरिङ गाउँपालिकामा एक हजार ६२१ मतगणना हुँदा नेकपा (एमाले) का अध्यक्ष उम्मेदवार होमबहादुर थापाले ८८६ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका अध्यक्ष उम्मेदवार गङ्गा कुमालले ६२० मत प्राप्त गर्नुभएको छ । नेकपा ९एमाले०का उपाध्यक्ष उम्मेदवार राधादेवी अधिकारीले ९२४ र नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष उम्मेदवार पूर्ण थापाले ३८२ मत प्राप्त गर्नुभएको छ ।

बन्दीपुर गाउँपालिकामा एक हजार ८६५ मतगणना हुँदा नेकपा (माओवादी केन्द्र) ले अग्रता लिएको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष उम्मेदवार पूर्णसिं थापाले ६१७, नेकपा (एमाले) का अध्यक्ष उम्मेदवार सुरेन्द्र थापाले ५४५ र नेपाली कांग्रेसका उम्मेदवार धु्रवलाल प्रधानले ५१८ मत प्राप्त गर्नुभएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width