बिटी कपमा दोस्रो चरणका ८ खेल

आदर्श समाज सम्वाददाता
चैत्र २२, २०७८
BT Cup Day 5

पोखरा । १५ औं बिटी कप पाँचौ विरेन स्मृति सेभेन ए साइड फुटबल प्रतियोगितामा अहिलेसम्म तारा एफसीका अजीत गुरुङ सर्वाधिक गोलकर्ता बनेका छन् । क्लब अध्यक्ष विजया गुरुङका अनुसार मंगलबार दोस्रो चरणको खेलअन्तर्गत तारा एफसी र नयाँगल्लीबीचको छैटौं खेलमा नयाँगल्लीविरुद्ध गुरुङले व्यक्तिगत ५ गोल गरेका थिए । गुरुङको सानदार ५ गोलसँगै तारा एफसी तेस्रो चरणमा प्रवेश गरेको हो ।

यसअघि तारा एफसी वाईसीएल एफसीको अनुपस्थितिमा वाकओभर पाएको थियो । योसँगै मंगलबार दोस्रो चरणका ८ खेल भए । पहिलो खेलमा एयरपोर्ट एफसीले भदौरे एफसीलाई ४–० गोलको फराकिलो अन्तरले पराजीत गर्‍यो । एयरपोर्टको जीतमा सिआर गुरुङले २ गोलको योगदान दिए भने अनिल महर्जन र निरज चौधरीले समान १ गोल गरे ।

दोस्रो खेलमा आयोजक सेतोले बैले एफसीलाई ३–० गोलअन्तरले हरायो । आयोजकको जीतमा अन्जन देवकोटा, राम्जी र टीकाराज गुरुङले समान १ गोल गरे ।

तेस्रो खेलमा मसिना एफसीले सिम्पानी एफसीलाई ५–० गोलको फराकिलोअन्तरले सहज जीत निकाल्यो । मसिनाको जीतमा दीपेश श्रेष्ठ, प्रताप गुरुङ, सञ्जु नेपाली, सिद्धान्त गुरुङ र कैलाश श्रेष्ठले समान १ गोल गरे ।

चौथो खेलमा करापुटार एफसी टिमले एम टुभेल ‘बि’ माथि २–१ गोलअन्तरले संघर्षपूर्ण जीत निकाल्यो । करापुटारको जीतमा मुकेश दुरा र कन्या गुरुङले समान १ गोलको योगदान दिए भने एम टुभेलको तर्फबाट रुविन गुरुङले सान्त्वना १ गोल गरे । पाँचौ खेलमा एम टुभेलले काउरे बयारघारीलाई १–० गोल अन्तरले पराजिगत ग¥यो । डिफेण्डिङ च्याम्पियन एम टुभेलको जीतमा काजन गुरुङले निर्णायक गोल गरे ।

यस्तै, एलजी एशोसिएसनले दीप युनाइटेडलाई १–० गोलअन्तरले संघर्षपूर्ण जीत निकाल्यो । एलजीको जीतमा सिद्धार्थ रन्जितले निर्णायक गोल गरे । अन्तिम खेलमा स्याङ्जा एफसीले बिटी एफसीलाई २–१ गोल अन्तरले सँघर्षपूर्ण जीत निकाल्यो । स्याङ्जाको जीतमा रोनिश गुरुङ मुक्त थापाले समान १ गोल गरे भने बिटीको तर्फबाट सप्नीत गुरुङले जवाफी सान्त्वना १ गोल गरे । बुधबार पनि दोस्रो चरणका खेलहरु सञ्चालन हुनेछन् ।

Related News

सम्बन्धित समाचार

  • यु–१४ फुटबल प्रशिक्षण

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । सहारा क्लब पोखराको व्यस्थापनमा प्रदेश खेलकुद परिषद् गण्डकीले ‘खेल्छ गण्डकी’ कार्यक्रमअन्तर्गत उक्त यु–१४ फुटबल प्रशिक्षण दिएको छ ।…
  • सहारा एकेडेमीमा यु–१४ फुटबल प्रशिक्षण

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । सहारा क्लब पोखराको व्यस्थापनमा प्रदेश खेलकुद परिषद् गण्डकीले ‘खेल्छ गण्डकी’ कार्यक्रमअन्तर्गत उक्त यु–१४ फुटबल प्रशिक्षण दिएको छ । दोबिल्लास्थित…
  • वागमतीलाई बहिरा महिला फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता फागुन २५, २०८०
    पोखरा। बहिरा महिला फुटबलको उपाधि वागमती प्रदेशले जितेको छ । बहिरा फुटबल खेल क्लब, पोखराको आयोजनामा शुक्रबार पोखरा रंगशालामा भएको…
  • आर्मी आहारारा गोल्डकपको नयाँ च्याम्पियन

    आदर्श समाज सम्वाददाता माघ २०, २०८०
    पोखरा। त्रिभुवन आर्मी क्लबले २३ औं आहा रारा पोखरा गोल्डकपको उपाधि चुम्न सफल भएको छ । शनिबार फाइनलमा पाँचौं पटकसम्मको…
  • आहा रारा पोखरा गोल्डकपकाे कस्ले जित्ला उपाधि ?

    आदर्श समाज सम्वाददाता माघ १९, २०८०
    पोखरा। पोखरा रंगशालामा जारी २३ औं आहा रारा पोखरा गोल्डकपको शनिबार थ्रीस्टार र विभागीय त्रिभुवन आर्मी क्लबबीच उपाधि भिडन्त हुँदैछ…

hero news full width