बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनको प्रशिक्षण

आदर्श समाज सम्वाददाता
चैत्र १३, २०७८
buddha bisal

पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनले आफ्ना संस्थाका सदस्यलाई सकारात्मक ऊर्जासहित व्यवसायमा सफल हुने तरिकासहित प्रशिक्षण दिएको छ ।
तालिममा प्रशिक्षक सुदीप ढकालले व्यवस्थापकीय कौशलता, नेतृत्व विकास, व्यावसायिक रणनीतिको अवलम्बन र निर्णय लिने क्षमता विकाससँगै व्यवस्थापकीय कौशलता तथा व्यावसायिक रणनीति निर्माणका नयाँ आधार अवलम्बन गर्न प्रशिक्षणले सहयोग पुग्ने बताएका थिए ।
एसोसिएसन अध्यक्ष केशवबहादुर खत्रीले कोरोना महामारीबाट संकटग्रस्त बनेका व्यवसायीलाई उनीहरु संलग्न व्यवसायको प्रवद्र्धनमा कसरी गर्ने भन्ने विषयमा यस तालिमले थप सफलता प्राप्त गर्ने बताउँदै सकारात्मक सोच र ऊर्जाका साथ कसरी व्यवसायमा अघि बढ्ने भन्नेबारेमा हौसला र उत्प्रेरणा दिएको बताए ।
एसोसिएसन सल्लाहकार शिव शर्माले तालिमले आधारभूत ज्ञान हासिल गर्न सफल हुने बताउँदै कार्यक्रमको सफलताको कामना गरे ।
एसोसिएसन उपाध्यक्ष तथा कार्यक्रम संयोजक इन्द्रराज अर्यालले स्वागत मन्तव्य राख्दै संस्थाका सदस्यको क्षमता विकासका लागि माग भएअनुसार नै तालिम आयोजना गरिएको बताउदैै तालिम उपयोगी हुने विश्वास व्यक्त गरे ।
संस्था अध्यक्ष केशवबहादुर खत्रीको अध्यक्षतामा भएको संस्थाकी महिला उपसमिति संयोजक शान्ति श्रेष्ठ जोशीले धन्यवाद ज्ञापन र महासचिव बुद्विबहादुर कुँवरले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width