सरोकारवालासँग सिएसजी

आदर्श समाज सम्वाददाता
चैत्र १२, २०७८
CSG Photo (1)

पोखरा । कम्युनिटी सपोर्ट ग्रुप (सिएसजी) ले शुक्रबार पोखरामा सरोकारवालाहरुसँग समन्वयात्मक बैठक गरेको छ ।
कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्राडा. भरतबहादुर खत्रीले समस्या सबै ठाउँमा हुने भएकाले समाधानका बाटो खोज्दै अगाडि बढ्नुपर्ने बताए । ‘लागु औषध पनि एक खालको समस्या हो, यसका पनि समाधान छन् खोज्न सक्नुपर्छ,’ उनले भने । ग्रुपले लागुपदार्थ दुव्र्यसनी नियन्त्रण र एचआइभीको क्षेत्रमा अग्रणी भूमिका खेलेको बताए । ‘ग्रुपले धेरै राम्रा कार्यक्रम ल्याएको छ,’ उनले भने, ‘आगामी दिनमा सेवा बिस्तार गर्दै जानुपर्छ ।’ आगामी दिनमा ग्रुपसँग मिलेर धेरै काम गर्दै जान सकिने उनले बताए ।
कार्यक्रममा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद रिजालले कोरोनाको समयमा पनि ग्रुपले आफ्नो सेवालाई जारी रोेखेको बताए । लागुपदार्थ प्रयोगकर्ताहरुको समस्या नजिकबाट बुझ्दै उनीहरुको जनजीवन कसरी सामान्य बनाउने भन्नेमा ग्रुप सूक्ष्म रुपमा लाग्न उनको सुझाव थियो ।
कम्युनिटी सपोर्ट ग्रुपले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गर्दै मेथाडोन र मौखिक प्रतिस्थापन उपचार पद्धति सञ्चालन गरेको ग्रुपका आन्तरिक परिचालक दिलीप गुरुङले जानकारी दिए । बैठकमा मेथाडोन प्रयोगकर्ता हिरासतमा हुँदा उनीहरुका लागि समस्या परेको उनले बताए । यसका लागि बैठकमा उपस्थित सुरक्षाकर्मीसँग मेथाडोन प्रयोगकर्ता पहिचान गरी समन्वय गर्ने मौखिक सहमति भएको छ ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल मेथाडोनका प्रशासन तथा आपूर्ति शाखा प्रमुख ज्ञानीप्रसाद बरालले लागुपदार्थ प्रयोगकर्ताका लागि मेथाडोन निकै प्रभावकारी बन्दै गएको बताए । सन् २००९ देखि सुरु भएको मेथाडोनमा ६ सयभन्दा बढीले सेवा लिइसकेको उनको भनाइ थियो । अहिले पनि ९२ जनाले मेथाडोन प्रयोग गरिरहेको उनले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width