मीलन डिजीको क्यालेन्डर विमोचन

आदर्श समाज सम्वाददाता
चैत्र १२, २०७८
Calender Photo

पोखरा । मीलन डिजी इन्टरनेसनल प्रालिद्वारा प्रकाशित २०७९ सालको नयाँ क्यालेन्डर विमोचन गरिएको छ । प्रालिकी संरक्षक सावित्री गुरुङ र आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशका पदाधिकारीहरुले संयुक्त रुपमा क्यालेन्डर विमोचन गरेका हुन् ।
संरक्षक सावित्री गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा फोनिज गण्डकीका अध्यक्ष रुद्र श्रीस, महासचिव धनबहादुर गुरुङ, सदस्यद्वय सुमन थापा सिञ्जाली मगर र मनलाल गुरुङले संयुक्त रुपमा क्यालेन्डरको विमोचन गरेका थिए । कार्यक्रममा फोनिज गण्डकीका अध्यक्ष श्रीसले मीलन डिजी इन्टरनेसनल प्रालिका अध्यक्ष दुर्गा गुरुङ ‘मीलन’ ले समाज विकासमा ठूलो योगदान गरेको बताए ।
संस्थाका अध्यक्ष गुरुङ हङकङमा भए पनि नेपालको शिक्षा, स्वास्थ्य, गीत संगीत, चलचित्र र समाजसेवामा उल्लेखनीय योगदान दिएको फोनिज गण्डकीका अध्यक्ष श्रीसको भनाइ थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width