थुनुवा भेटघाट र बैठक कक्ष निर्माण

आदर्श समाज सम्वाददाता
माघ १६, २०७८
myagdi thunuwa kashya

म्याग्दी । जिल्ला प्रहरी कार्यालयमा बैठक सभा हल र थुनुवा भेटघाट कक्ष निर्माण गरिएको छ । आन्तरिक स्रोत, बेनी नगरपालिका वडा ७ र दाताको सहयोगमा स्थापना भएको दुवै कक्षको शनिबार प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले उद्घााटन गरे ।
थुनुवा भेट्न आउनेलाई सहजहोस् भन्ने उद्देश्यले हिरासत अगाडि थुनुवा भेटघाट कक्ष बनाइएको प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले बताए । अब झरीमा छाता ओढ्नुपर्ने र गर्मीमा घामले पोल्ने समस्या हटेको छ । आन्तरिक बैठक सञ्चालनका लागि ब्यारेकको तला थपेर सभाहल बनाइएको प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बताए । सभा हललाई बैठकका अतिरिक्त आवासमा पनि प्रयोग गर्न सकिने उनले बताए । उनले प्रहरी कर्मचारीको क्षमथा अभिवृद्धि, योजना निर्माण र थुनुवा भेटघाटका लागि आउनेलाई नयाँ बनेको पूर्वाधार कक्षले सहज हुने विश्वास व्यक्त गरे । बेनी–७ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले सुरक्षा व्यवस्था प्रभावकारी बनाउन पूर्वाधार बनाउन सघाएको बताए ।
यसअघि प्रहरी कार्याालयमा पुस्ताकलय पनि स्थापना भएको प्रहरी सहायक निरीक्षक दुर्गाप्रसाद अधिकारीले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width