होमस्टेलाई रैथानेबाली प्रवद्र्धनमा सहयोग

आदर्श समाज सम्वाददाता
माघ १२, २०७८
homestays

लमजुङ । लमजुङका २ होमस्टेलाई रैथानेबाली प्रर्वद्धनका लागि ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसी) ले सामग्री प्रदान गरेको छ । आरसिडिसीले पोषण तथा उत्थान जीविकोपार्जन कार्यक्रमअन्तर्गत त्यस्तो सहयोग गरेको हो ।
आरसिडिसीले बेंसिसहर–२, नरुवाल र वडा ३, गाउँसहरमा सञ्चालनमा रहेको काउलेपानी होमस्टेलाई रैथानेबाली प्रवद्र्धनका लागि रैथाने बिउबिजन तथा कृषि सामग्री हस्तान्तरण गरेको हो । संस्थाले काउलेपानी होमस्टेलाई रैथानेबाली प्रवद्र्धनका ८० हजार बराबरकोे र नरुवाल होमस्टेलाई ३० हजार बराबरको कृषि सामग्री प्रदान गरेको आरसिडिसीका कार्यक्रम व्यवस्थापक विश्वविनोद घिमिरेले बताए । उनका अनुसार समुदायमा हराउँदै गएका रैथाने बाली संरक्षणको चुनौती सिर्जिएको स्थितिलाई ध्यानमा राखेको यो कार्य गरिएको हो ।
उनले भने, ‘रैथानेबाली प्रवद्र्धनका लागि होमस्टे सञ्चालकलाई रैथाने बाली प्रबद्र्धनसम्बन्धी अभिमुखीकरणसहित सामग्री हस्तान्तरण गरिएको हो ।’
संस्थाले होमेस्टेलाई अकबरे खुर्सानीको बिउ, अर्गानिक खेतीको लागि गड्यौली मल ५ केजी, हातेट्याक्टर १, नर्सरीका लागि मल्चिङ प्लाटिक ३ वटा, हजारी ३ वटा, खेती गोडमेल गर्न कुटो १४ वटा, गुमोच प्लाटिक २ सेट प्रदान गरेको पोषण तथा उत्थान जीविकोपार्जन कार्यक्रमका परियोजना अधिकृत प्रभात केसीले जानकारी दिए । उनका अनुसार आरसिडिसीले विशेषगरी होमस्टेलाई लक्षित गरी उक्त परियोजनाको परिकल्पना गरेको हो ।
उनले भने, ‘बेंसिसहर–२ मा रहेको नरुवाल होमस्टेलाई पनि रैथानेबाली प्रर्वद्धनका निम्ति अकबरे खुर्सानीको बिउ, अर्गानिक खेतीको लागि गड्यौली मल, मल्चिङ प्लाटिक, पानी हाल्ने हजारी, कुटो, गुमोच प्लाटिक लगायत सामग्री प्रदान गरेको छ ।’
नरुवालको होमस्टे मगरजातिले र काउलेपानी होमस्टे गुरुङ जातिले सञ्चालनमा ल्याएका हुन् । काउलेपानी होमस्टेले नेपालमै उत्कृष्ट होमस्टेको रुपमा पर्यटन विकास बोर्डबाट समेत पुरस्कृत भइसकेको छ ।

Related News

सम्बन्धित समाचार

  • नवलपुरमा २५ सय हेक्टर वन सखाप

    रामकुमार श्रेष्ठ वैशाख १४, २०८१
    नवलपुर । नवलपुर जिल्लामा यस वर्ष १ सय बढी सामुदायमा आधारित वनमा आगलागी भएको छ । डिभिजन वन कार्यालय नवलपुरका…
  • गण्डकीमा डायलासिसका लागि अब पालो कुर्न नपर्ने

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेशमा डायलासिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिको संख्या शून्यमा झार्ने लक्ष्य पूरा भएको छ । बुधबार गण्डकी…
  • अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । चैत २५ मा एमालेका खगराज अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरे । त्यसको पर्सिपल्ट कांग्रेसका सुरेन्द्रराज…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…
  • गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । गण्डकीमा संविधान मिचेर मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै दायर गरिएको रिटको सुनुवाई  सपना प्रधान मल्ल र सारंगा सुवेदीको बेञ्चमा…

hero news full width