पोखरा । कोरोना महामारीको प्रभावका कारण तेस्रो लोककवि अलिमियाँ स्मृति खुला सेभेन ए साइड फुटबल प्रतियोगिता स्थगित भएको छ।
आयोजक नेपाल मुस्लिम युवा समितिले आगामी माघ ८ देखि १५ सम्म आयोजनाको तयारी गरेको सो प्रतियोगिता कोरोनाको तेस्रो भेरियन्टको प्रभावका कारण स्थगित गर्ने निर्णय गरेको हो । साथै २० औं आहारारा गोल्डकपका कारण आफ्नो प्रतियोगितामा असर पर्न सक्ने कारण पनि औंल्याइएको छ । सहारा क्लब पोखराले माघ ६ देखि पोखरा रंगशालामा फुटबल प्रतियोगिता गर्दैछ। आहारारा भने स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर जसरी पनि गर्ने तयारीमा आयोजक लागिपरेको छ। हालसम्म सो प्रतियोगिता भने स्थगित गर्ने निर्णय आइसकेको छैन।
जिल्ला प्रशासन कार्यालय कास्कीले माघ १ देखि लागु हुने गरी २५ जनाभन्दा बढी मानिस भेला हुने गरी कुनै पनि प्रकारको मेला, महोत्सवल, सभा समारोह गर्न निषेधाज्ञा जारी गरेको छ।
समिति उपाध्यक्ष एवं प्रतियोगिता संयोजक अब्बु बकर मियाँले तेस्रो संस्करणको सो प्रतियोगिता अर्को सूचना नआएसम्म स्थगित भएको र हालसम्म सघाउ पुर्याउने सम्पूर्णमा आभार व्यक्त गरेका छन्।
Related News
सम्बन्धित समाचार
सेभेन ए साइड प्रतियोगिता सुरु
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक
एन्फा निर्वाचनमा कास्की र गोरखा आउट
खेलकुद पत्रकार मञ्चमा देवेन्द्र दोहोरिए
hero news full width
मुख्य समाचार
कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९पोखरा मतगणना: धनराज र मञ्जुको अग्रता कायमै
जेठ ९, २०७९नौमती बाजाः जीतको पर्याय
जेठ ९, २०७९