Worldlink ads

गण्डकी विश्वविद्यालयले मुख्यमन्त्रीलाई बुझायो वार्षिक प्रतिवेदन, नतिजा देखिने गरी काम गर्न मुख्यमन्त्रीको आग्रह

आदर्श समाज सम्वाददाता
पौष २८, २०७८
GU annual report

पोखरा । गण्डकी विश्वविद्यालयले प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई आइतबार वार्षिक प्रतिवेदन पेस गरेको छ । विश्वविद्यालय न्यासिक परिषद अध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले मुख्यमन्त्री पोखरेललाई उक्त प्रतिवेदन पेस गरे ।

उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले जुन भावना र मर्म अनुसार विश्वविद्यालय स्थापना भएको हो, त्यसैगरी काम गरेर नतिजा देखाउन आग्रह गरे । दक्ष जनशक्ति उत्पादन गरी गण्डकी र अन्य प्रदेशमा समेत उपलब्ध गराउन विश्वविद्यालयले भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे । शैक्षिक प्रमाणपत्र हातमा परे पनि कुनै सीप नभएका कारण बेरोजगारी बढिरहेको भन्दै यही अवस्था अन्त्यका लागि गण्डकीले विश्वविद्यालय स्थापना गरेको मुख्यमन्त्री पोखरेलको भनाइ थियो । उनले विश्वविद्यालयका गतिविधि र शैक्षिक कार्यक्रमका बारेमा जिज्ञाशा राखेका थिए ।

कुलपति प्राडा गणेशमान गुरुङले विश्वविद्यालयले नेपालमै पहिलो पटक स्पोर्ट्स म्यानेज्मेन्टको पढाइ सुरु गरेको भन्दै विद्यार्थीको राम्रो आकर्षण रहेको जानकारी गराए । स्पोर्ट्स म्यानेज्मेन्ट सँगै विश्वविद्यालयले व्याचर इन फार्मेसी र व्याचलर इन आइटीको कक्षा पनि सुरु गरेको छ । पोखरा ३२ मा सञ्चालित फार्मेसीमा १५ जना विद्यार्थी छन् भने महेन्द्रपुलबाट सुरु गरिएको आइटिमा २९ जना विद्यार्थीले पढिरहेका छन् ।

पढाइ, अनुसन्धान र अविष्कारमा जोड दिएको विश्वविद्यालयले अुनसन्धानतर्फ कोदो रक्सीको ब्रान्डिङको काम गरिरहेको छ । अविष्कार केन्द्रको काम पनि अन्तिम चरणमा पु¥याएको कुलपति प्राडा गणेशमान गुरुङले जानकारी दिए । निकट भविष्यमै एमबिबिएस पढाइसँगै शिक्षण अस्पतालको अवधारणा ल्याएको विश्वविद्यालयमा जग्गा प्राप्तिको समस्या रहेको उनले बताए ।

न्यासिक परिषद अध्यक्ष डा. देवकोटाले यो वर्ष विश्वविद्यालयको प्रशासनिक, अनुसन्धान केन्द्र, पुस्तकालय लगायत कक्षा कोठाहरुको निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदनको काम भइरहेकाले यथेष्ट बजेट आवश्यक पर्ने भनाइ राखे ।

कार्यक्रममा कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापा, उपकुलपति प्राडा नवराज देवकोटा, प्रदेशका प्रमुख सचिव रवीलाल पन्थ, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कमाल, विश्वविद्यालयका रजिस्ट्रार डा. कैलाश तिमिल्सिनासहित उपस्थित थिए ।

Related News

सम्बन्धित समाचार

    • पूर्वाञ्चल विश्वविद्यालयको पनि परीक्षा स्थगित

      आदर्श समाज सम्वाददाता माघ ७, २०७८
      पोखरा । पूर्वाञ्चल विश्वविद्यालयले पनि परीक्षा स्थगित गरेको छ । आइतबारदेखि माघ मसान्तसम्म सबै परीक्षा स्थगित गरिएको परीक्षा नियन्त्रक मोहन…
    • त्रिविका सबै परीक्षा स्थगित

      आदर्श समाज सम्वाददाता माघ ६, २०७८
      पोखरा ।  त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। परीक्षा नियन्त्रण कार्यालयले बिहीबार एक सूचना जारी गर्दै…
    • कोरोना प्रभावले त्रिविअन्तर्गतका सबै क्याम्पसमा माघ १० सम्म पठनपाठन नहुने

      आदर्श समाज सम्वाददाता माघ १, २०७८
      काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसको संक्रमण बढेको भन्दै माघ १० गतेसम्म विदा दिएको छ । विश्वविद्यालय अन्तर्गतका सबै विभाग…
    • एनप्याव्सनको स्थापना दिवसमा सम्मान

      आदर्श समाज सम्वाददाता पौष २८, २०७८
      पोखरा। नेशनल प्याव्सन कास्कीले विविध कार्यक्रम आयोजना गरी २४ औं स्थापना दिवस मनाएको छ । संस्थाले कास्कीमा पहिलो संस्थागत विद्यालय स्थापना…
    • फिस्टेल हेर्नेको आकर्षण

      आदर्श समाज सम्वाददाता पौष २७, २०७८
      पोखरा । अन्तर्राष्ट्रियस्तरको फिस्टेल एकेडेमीप्रति सर्वसाधारणको आकर्षण बढेको छ । पोखरामा सञ्चालित विद्यालय अवलोकन गर्न विभिन्न क्षेत्रबाट समूह बनाएर मानिसहरु…

    hero news full width