इन्द्रराज्यलक्ष्मीमा खेलकुद

आदर्श समाज सम्वाददाता
पौष २४, २०७८
indra rajya~

हेमजा । पोखरा–१६, लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालयमा वार्षिक खेलकुद कार्यक्रम भएको छ । बिहीबार र शुक्रबार गरी सञ्चालन भएको कार्यक्रमको उद्घाटन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद अधिकारीले गरे । उनले रिले दौडका विद्यार्थीलाई अंक प्रदान गरेर कार्यक्रम उद्घाटन गरेका थिए ।
कार्यक्रममा आधारभूत तह अन्तर्गत तातो आलु, बेलुन फुटाइ, मेमोरी खेल, फुटबल, कुर्सी दौड, चम्चा दौडलगायतका प्रतियोगिता गरिएको थियो । यस्तै माध्यमिक तहमा अन्तर सदनात्मक छात्र÷छात्रा फुटबल, भलिबल,२ सय र ४ सय मिटर दौड, कुर्सी दौड, टेबल टेनिसलगायत विविध कार्यक्रम सम्पन्न गरिएको शिक्षक सीता पौडेल तिमिल्सिनाले जानकारी दिइन् ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अधिकारी, प्रधानाध्यापक केशवप्रसाद अम्गाईं, सहायक प्रधानाध्यापक पूर्णभद्र अधिकारीलगायतले खेलकुदको माध्यमबाट विद्यार्थीको शारीरिक, मानसिक तथा चौतर्फी विकासका लागि सहयोग पुग्ने औंल्याए । खेलकुद कार्यक्रमको संयोजन मावि इन्चार्ज एवं खेलकुद कार्यक्रम संयोजक बलबहादुर श्रेष्ठले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • सगरमाथामा विद्यार्थी स्वागत एवं सम्मान

    आदर्श समाज सम्वाददाता श्रावण ३१, २०७९
    पोखरा । सगरमाथा सेकेण्डरी स्कुल, नयाँबजारमा नवआगन्तुक विद्यार्थीको स्वागतमा २३ औं वार्षिक स्वागत कार्यक्रम आयोजना गरिएको छ । एसइई उत्तीर्ण…
  • विन्ध्यवासिनी माविमा विद्यार्थी सम्मान

    आदर्श समाज सम्वाददाता श्रावण ३०, २०७९
    पोखरा । हीरक जयन्ती समापन पूर्व सन्ध्यामा विन्ध्यवासिनी माध्यमिक विद्यालय, बाटुलैचारले पूर्व विद्यार्थीको सम्मान गरेको छ । आइतबार अयोजित पुनर्मिलन…
  • हीरक जयन्ती प्रचारमा विन्ध्यवासिनीको ¥याली

    आदर्श समाज सम्वाददाता श्रावण २७, २०७९
    पोखरा । विन्ध्यवासिनी माध्यमिक विद्यालय, बाटुलेचौरको हीरक जयन्ती कार्यक्रम केन्द्रित गरी बिहीबार ¥याली प्रदर्शन गरिएको छ । विद्यालयले साउन २९…
  • अमरसिंहमा विद्यार्थी स्वागत तथा अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण २७, २०७९
    पोखरा । पोखराको अमरसिंह नमुना माविमा नवआगन्तुक विद्यार्थीको बिहीबार स्वागत तथा अभिमुखीकरण कार्यक्रम गरिएको छ । विज्ञान संकायमा भर्ना भएका…
  • निवृत्त शिक्षक समुदाय माछापुछ्रेमा जयलाल

    आदर्श समाज सम्वाददाता श्रावण २६, २०७९
    पोखरा । निवृत्त शिक्षक समुदाय कास्कीको माछापुच्छ्रे गाउँपालिकास्तरीय भेलाले जयलाल दवाडीलाई अध्यक्ष चयन गरेको छ । उपाध्यक्ष गोविन्दप्रसाद अधिकारी, सचिव…

hero news full width