छोरेपाटन माविको वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
पौष १९, २०७८
chorepatans

पोखरा । छोरेपाटन माध्यमिक विद्यालय पोखरा १७ छोरेपाटनको ४३ औं वार्षिकोत्सव एवं अभिभावक दिवस समारोह भएको छ । समारोह संघीय सांसद एवं कास्की जिल्ला क्षेत्र नं २ की प्रतिनिधिसभा सदस्य विद्या भट्टराई अधिकारीले विद्यालयले पोखराको शैक्षिक उन्नयनमा खेलेको भूमिकाको प्रशंसा गर्दै थप व्यावहारिक शिक्षामा जोड दिनुपर्ने आवश्यकता औंल्याइन् ।
प्रधानाध्यापक डिल्लीराम शर्माले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन र लेखा अधिकृत छविलाल पनेरुले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल स्काउटका छात्रछात्राले आकर्षक पिटी र मार्चपास प्रदर्शन गरेका थिए भने विद्यार्थीहरुकै सक्रियतामा विज्ञान प्रदर्शनी, रचनात्मक सांस्कृतिक कार्यक्रमसहित चेतनामूलक नाटक प्रदर्शन गरिएको थियो ।
अक्षयकोष दाताहरुबाट विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको कार्यक्रममा शंकर बराल र उनकी आमा देवीमाया बरालले ५५ हजार ५ सय ५५ तथा विद्यालयका पूर्व प्रधानाध्यापक टंकराज अधिकारीले ५० हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।
आयोजित कार्यक्रममा कक्षा १२ को बोर्ड परीक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउने शिक्षकहरु रोहित बराल, छविकुमार श्रेष्ठ, एकनारायण भण्डारी, हरि केसी, उपेन्द्रराज पोखरेल, गिरिधारी पोखरेल, प्रेमराज गौतम, सागर बराल, ओम बानिया, माधव भट्टराई, लक्ष्मण पौडेल, ठाकुरप्रसाद पोखरेल र मेघनाथ पौडेललाई सम्मान गरिएको थियो । यसैगरी, दीर्घसेवा पदकबाट टीका क्षेत्री र माधव पहारी तथा शिक्षकहरु पवित्रा अधिकारी, जानुका पौडेल, दुर्गा भण्डारी, दिव्यश्वरी रेग्मी, लीलानाथ आचार्य, रोहित बराल र माधव भट्टराई, कर्मचारीतर्फ अप्सरा रेग्मी र टीकाराम सुवेदीलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापा, विजयराज आचार्य, सालिकराम देवकोटा, देवराज आचार्य, ऋषभ तिमिला, सोमनाथ भण्डारी, तीर्थराज ढकाल, रमेश भट्टराई, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष श्रीराम सुवेदी, पोखरा १७ का अध्यक्ष तीर्थराज अधिकारी, पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमराज आचार्य, राष्ट्रि«य परीक्षा बोर्डका प्रमुख विष्णु नारायण श्रेष्ठ लगायतकाले बोलेका थिए ।
विव्यस अध्यक्ष झपिन्द्रराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रअ खेमराज बराल र सञ्चालन सहायक प्रअ मेघनाथ पौडेलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width

Recent Posts