पोखरा । पोखरा १३ ढाँडबेसीमा रहेको आर्वाविजय माविको ३८ औं वार्षिकोत्सव एवं अभिभावक दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर बरालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष एवं नेकपा समाजवादीका नेता श्रीनाथ बरालले भौतिक संरचनाले भरिपूर्ण उक्त विद्यालय निकट भविष्यमा विद्यार्थीहरुले भरिभराउ भएको देख्न पाइन विश्वास व्यक्त गरे ।
विद्यालयका प्रधानाध्यापक शिवराज पौडेलले प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका भौतिक एवं शैक्षिक गतिविधि प्रस्तुत गरेका थिए ।
कार्यक्रम सञ्चालन शिक्षक मन्जुकुमारी रिजालले गरेकी थिइन् भने स्वागत सहायक प्रअ पद्मादेवी बराल र विद्यार्थी रोशनकुमार ठाकुरले गरेका थिए । कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण वितरण गरिएको थियो ।
सूर्यनाथ स्मृति अक्षयकोष लगायत विभिन्न अक्षयकोषको छात्रवृत्तिहरु वितरण गरिएको थियोे । पूर्व सहायक प्रअ बालकृष्ण बिकले १ लाख ११ हजार ११ को अक्षयकोष स्थापना गरेका थिए ।
पोखरा महानगर शिक्षा महाशाखाका अधिकृत बद्रीनाथ सुवेदी, विद्यालयका पूर्व सहायक प्रअ बालकृष्ण विक, रतनपाण्डे माविका प्रअ डिल्लीराम बराल, विव्यस अध्यक्ष वसन्तराज बराल, सूर्यनाथ स्मृति अक्षयकोषका संस्थापक धर्मराज बराल, जग्गादाताको तर्फबाट इन्द्र बराल, सामाजिक लेखा परीक्षण समितिका सदस्य विष्णुप्रसाद अधिकारी लगायतले बोलेका थिए । वार्षिकोत्सव समारोह समापनसँगै विद्यालय व्यवस्थापन समितिमा सदस्यहरु सर्वसम्मत चयन गरिएको छ ।
Related News
सम्बन्धित समाचार
पिसिएममा पाइथन प्रोग्रामिङ तालिम
मर्दीखोला प्रतिष्ठानद्वारा शैक्षिक सामग्री र छात्रवृत्ति वितरण
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
hero news full width
मुख्य समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१