प्याब्सन कास्कीमा मथुरा

आदर्श समाज सम्वाददाता
पौष ३, २०७८
Mathura

पोखरा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन), कास्की अध्यक्षमा मथुरा पौडेल निर्विरोध चयन भएका छन् । संस्थाको शनिबार भएको १९ औं अधिवेशनबाट १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । मथुरा शान्तिदीप बोर्डिङ स्कुलका प्रिन्सिपल हुन् ।
चुनावमा सचिवबाहेक सबै पद सर्वसम्मत आएको थियो । वरिष्ठ उपाध्यक्षमा नेसनल इन्भेन्टिभकी उमा लामिछाने, उपाध्यक्ष ताराकुञ्ज बोर्डिङका विष्णुप्रसाद तिमिल्सेना सर्वसम्मत भए ।
सचिवमा सबलाइमका पुष्पराज पराजुलीले हिमालयन बोर्डिङका डा. टेकनारायण पौडेललाई पराजित गर्दै निर्वाचित भए । यस्तै, कोषाध्यक्ष न्यु एराका वेदप्रसाद बस्ताकोटी, सहसचिव कञ्चनजंगा एकेडेमिक सेन्टरका सन्दीप अधिकारी, सहकोषाध्यक्ष एक्सआर्मीका मोहलाल पौडेल तथा सदस्य विष्णु जिसी, कृष्णकुमारी पहारी, रेखा थापा क्षत्री, पोखरा महानगरबाट डिल्लीराम अर्याल र अन्नपूर्ण गाउँपालिकाबाट टीकाराम पौडल चयन भएका छन् । ३ वर्ष कार्यकाल रहेको समितिमा ३ सदस्य पछि मनोनीत गरिनेछ ।
सभाको गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उद्घाटन गरेका थिए । कार्यक्रममा हिसानका यमबहादुर रोक्का, युनिप्सका सन्तबहादुर गुरुङ, एनप्याब्सनका हेमन्त अधिकारी, पोखरा महानगर शिक्षा महाशाखा प्रमुख हेमराज आचार्य, शिक्षा समन्वय इकाइ कास्कीका नारायण सुवेदी लगायतले बोलेका थिए । कार्यक्रम सञ्चालन पूर्व सचिव विष्णु तिमिल्सेनाले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width