महिलाहरुको लागि चप्पल बनाउने तालिम

आदर्श समाज सम्वाददाता
मंसिर १८, २०७८
chappal

पोखरा । राष्ट्रिय नागरिक पार्टी कास्कीले महिलालाई व्यावसायिक सीप प्रदान गरी आत्मनिर्भर तथा स्वाबलम्बी बनाउन तालिम दिएको छ । पार्टीले उनीहरुको निम्ति कपडाको चप्पल बनाउने तालिम दिएको हो ।
४ दिनसम्म चलेको तालिममा सहभागीलाई प्रमाणपत्र वितरण गर्दै पार्टीका सहमहामन्त्री सागर कार्कीले तालिममा सिकेका सीप व्यवहारमा उतार्न आग्रह गरे । आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनमा महिलाहरुको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले देश विकासको अभियानमा एकजुट हुन सम्पूर्ण महिलालाई आह्वान गरे ।
तालिमका सहजकर्ता साधना श्रेष्ठको सहजीकरण रहेको उक्त तालिममा दर्जन बढी महिलाको सहभागिता थियो । कार्यक्रममा सहभागी पूजा दर्जी र साधना श्रेष्ठले समेत बोलेका थिए । कास्कीका अध्यक्ष सिर्जनादेवी रिजाल कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सावित्री कार्कीले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width